खानेपानी तथा ढल व्यवस्थापन विभागका २ इन्जिनियरलाई सेवाबाट हटाउने तयारी
काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागका दुईजना सव-इन्जिनियर लामो सयमदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग (पुल) तर्फका सव-इन्जिनियर दामोदर पुढासैनी र दिलिप छन्त्याल विगत तीन महिना भन्दा लामाे समय देखि कार्यालयमा अनुपस्थित रहेका विभागले जनाएको छ। विभागले आज सूचना जारी गर्दै उनीहरूसँग स्पष्टीकरण माग गरेको छ। […]

