जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रपति रामचन्द्र पौडैलको बोहोराटारस्थित निवासको निरीक्षणका लागि पुगेका छन्। पौडेलको निजी निवास भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको थियो। पूर्णरुपमा ध्वस्त भएको उक्त घर निरीक्षणका लागि सोमबार बिहान गृहमन्त्री पौडेल बोहोराटार पुगेका हुन्। जेनजी आन्दोलनको क्रममा राष्ट्रपतिसहित शीर्ष नेताको आवास आन्दोलनकारीको निशानामा परेको थियो।

एनआईसी एशियाको सीईओमा सुजितकुमार शाक्य

काठमाडौं । एनईसी एशिया बैंकको प्रमूख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य  नियुक्त  भएका छन् । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । शाक्य चार वर्षको लागि नियुक्त भएका हुन् ।  शाक्यले आगामी ३० दिन भित्र बैंकमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ। अहिले नबिल बैंकको सिनियर डिसिओ […]

राष्ट्र बैंकका कार्यकारी निर्देशकमा राजनबिक्रम थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा पदोन्नति भएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कार्तिक १६ गतेदेखि लागू हुनेगरी उनलाई अधिकृत विशिष्ट श्रेणीमा बढुवा गरेको हो। डा. गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ एक कार्यकारी निर्देशकको पद खाली भएको थियो। सो पद पूर्ति प्रक्रियाअनुसार, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, […]

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी तोकियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल कात्तिक २० गतेसम्म दोहामा हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७ को […]

दाउन्नेमा अत्यधिक जाम, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । नारायणघाट-बुटवल सडकखण्डको दाउन्नेमा कल्भर्ट निर्माणाधीन स्थानमा सडक चिप्लो हुँदा सवारीसाधन एकतर्फी सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न सबैसित अनुरोध गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाने अर्थात बर्दघाटबाट दुम्किबास जाने सवारीसाधन पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधन पास हुन सकेका छैनन् । सडक हिलो र […]

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सिनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार सुन सोमबार २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ३० रुपैयाँमा खरिद बिक्रि भइरेको […]

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । यस बैंकको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १०.३७ प्रतिशथ लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.३७ प्रतिशत नगद लाभांश गरी कुल १०.३७ प्रतिशत लाभांश  वितरण गर्ने निर्णय गरेको हो । नेपाल […]

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेजा हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन […]

खुद ब्याज आम्दानीसँगै घट्यो आरएसडिसी लघुवित्तको नाफा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १९.१२ प्रतिशतले नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नापा २ […]

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु. आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा […]