एथर एनर्जीको पारिवारिक ईस्कुटर ‘रिज्ता’ नाईमा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जी ले आफ्नो नयाँ स्कुटर ‘थर रिज्ता’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । बहुप्रतिक्षित यो स्कुटर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ, जुन देशकै अग्रणी दिगो मोबिलिटी प्रवर्द्धन गर्ने प्लेटफर्म हो । नेपालमा एथर ४५० सिरिज को सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात […]

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ। रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको […]

यातायात विभागको प्रणालीमा समस्या, लाइसेन्स सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सेवाहरू बन्द भएका छन्। विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या आएको जानकारी गराएको हो। असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी […]

नाडा अटो शो २०२५ को स्टल एलोकेसन, ७५ कम्पनीको सहभागिता रहने

काठमाडौं । नाडा अटो शो २०२५ का लागि आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल एलोकेसनसम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आगामी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी रुपमा रहेको छ […]

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर, स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले असार १९ देखि २३ गते (जुलाई ३ देखि ७ जुलाई) सम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, […]

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदै छ। निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्। शार्क ट्याङ्क नेपालको […]

“कमाइको राजा’’ टीएम१को सयभन्दा बढी गाडी सडकमा

काठमाडौं । “कमाइको राजा” भनेर परिचित टीएम१ले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।  नेपाली व्यवसायीहरूबीच टीएम१ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाइएको छ। यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक  विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ  […]

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक टीभीएस अपाचे

काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारण भएको छ  । निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्। शार्क […]

आज सार्वजनिक हुँदै एमजी विन्डसर

काठमाडौं । एमजी ब्रान्डको नयाँ विद्युतीय सवारी साधन एमजी विन्डसर आज नेपाली बजारमा सार्वजनिक हुने भएको छ । एमजी गाडीका नेपाली आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले आज एमजी विन्डसर सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ । एमजी विन्डसरमा पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। गाडीले अधिकतम १३६ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्ने […]

नाडासँगको छलफल पछि मात्र सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका जारी गरिने

काठमाडौं । सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ नाडा (नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन) सँगको विस्तृत छलफलपछि मात्र जारी गरिने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ। आज नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी निर्देशिकाका प्रावधानबारे छलफल गरेको हो। महानिर्देशक पोखरेलले निर्देशिका तयारी अन्तिम अवस्थामा रहे पनि नाडा […]