१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म दोस्रो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने भएको छ। एक्स्पोमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी ५६ वटा ब्रान्डको प्रदर्शनी रहनेछ। नाइमा अटो सो मा ४० भन्दा बढी ब्रान्डले नयाँ मोडलका दुई पांग्रे र चार पांग्रे सबारी साबजनिक हुनेछन् […]

