एमजी विन्डसर ईभी नेपाली बजारमा प्रवेश गर्न तयार, प्रिमियम फिचर्ससहित ल्याइँदै

काठमाडौं । नेपाली अटो बजारमा आधुनिक इलेक्ट्रिक कारको विकल्प थपिँदैछ। चर्चित ब्रिटिस अटो ब्रान्ड एमजीले उत्पादन गरेको एमजी विन्डसर ईभी अब छिट्टै नेपाली बजारमा प्रवेश गर्ने भएको छ। पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीले भारतीय बजारमा छोटो समयमै लोकप्रियता हासिल गरेको यो ईभी नेपाली ग्राहकका लागि पनि उपलब्ध हुने जानकारी दिए । २०२४ सेप्टेम्बरमा भारतमा लन्च […]

एसएमएल इसुजको आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप नियुक्त

काठमाडौं । एसएमएल इसुजुले नेपालका लागि एक मात्र आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एस एम एल इसुजुका सवारी साधान हरु बिगत लामो समय देखी लोकप्रिय रहँदै […]

एमएडब्लु वृद्धिले पायो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फिरेन्समा प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ । नेपालभित्र ग्राहक सेवालाई प्रत्याभुत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रुपमा प्रवर्द्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्वपूर्ण उपलब्धी […]

एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी इभी चार्जिङ स्टेसन सञ्चालन गर्दै हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको विद्युतीय सवारी (इभी) क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी सञ्चालनमा रहेका इभी चार्जिङ स्टेशनहरूको स्थापना गर्दै एक महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। यस ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गर्दै इभी उद्योगका प्रमुख व्यक्तित्वहरू, रणनीतिक साझेदारहरू तथा इभी प्रयोगकर्ताहरूलाई एकै थलोमा एकत्रित गर्‍यो। कार्यक्रममा केक काट्ने […]

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित नेपालमा मोबिलिटीको नयाँ परिभाषा स्थापित गर्दै

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ । इनड्राइभ ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो । यस ग्राहकमैत्री मोडेलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्यबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन […]

ईभी जोखिमहरूको व्यवस्थापनका लागि समयमै प्रभावकारी नीति ल्याउन नाडाको बीमा प्राधिकरणसँग माग

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतीय सवारी साधनहरूको बीमा नीति निर्माण सम्बन्धमा छलफल गरेको छ। भेटवार्ता प्राधिकरण अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको हो। उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै हालसम्म बीमा नीति […]

नगद छुट, निःशुल्क एक्सेसरिज र रोचक अफरसहित यामाहा ब्लू फेस्ट समापन

काठमाडौं । हप्तादेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ। सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो। यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं […]

मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घघाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए […]

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) को उपाधि जित्न सफल भएको छ। २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड […]

‘कर्जाको कठोरतामा खुम्चियो ईभीको उत्साह: व्यवसाय र उपभोक्ता दुवै मर्कामा’

पछिल्लो समय नेपालमा ईभी अपनाउने दर बढ्दो क्रममा छ। भन्सार छुट र डाउनपेमेन्ट कम हुँदा नेपालमा ईभी प्रतिको आकर्षण बढ्दो क्रममा छ । यस्तोमा नेपाल राष्ट्र बैंकले जारीको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ईभी कर्जाको दर परिवर्तन भएको छ । यस अघि २० प्रतिशत डाउनपेमेन्टमा ईभी खरिद गर्न सकिन्थ्यो । अहिले यसलाई बढाएर ४० प्रतिशत पुर्याएको […]