स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक नयाँ शाखा विस्तार

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जाको दुई स्थानमा नयाँ शाखा कार्यालय विस्तार गरी सेवा सुरु गरेको छ । बैंकले वैशाख ३१ गते बुधबार दिन स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् […]

राष्ट्र बैंकद्वारा चैतसम्म करिब पौने २०० सय खर्ब प्रशोचन

काठमाडौं । नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीमा अधिक तरलता भए सँगै समस्यामा परेको छ । गत वर्षदेखि नै वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा सकश व्योर्होदै आएको राष्ट्र बैंकलाई चालु आर्थिक वर्षमा थप समस्या परेको हो । ब्याजदर घटेर न्युन विन्दुमा आइपुग्दा पनि अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेपछि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहेको छ […]

वाणिज्य बैंकहरुले जेठका लागि सामान्य घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले जेठका लागि मुद्दति निक्षेपको ब्याजदार सामान्य घटाएका छन् । वाणिज्य बैंकहरुले जेठका लागि मुद्दति निक्षेपका लागि औसत ५.९४ प्रतिशत ब्याजदर कायम गरेका छन् । वैशाखका लागि मुद्दति निक्षेपका लागि ५.९८ प्रतिशत ब्याजदर कायम गरेको थियो । यो सँगै औसतमा मुद्दति निक्षेपका लागि वाणिज्य बैंकहरुले वैशाखको तुलनामा जेठका लागि ०.०४ प्रतिशतले ब्याजदरमा […]

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

एक खर्ब ५४ अर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, साढे २८ अर्ब ब्याज अनुदान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट साढे एक खर्ब रुपैयाँभन्दा बढीको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्म एक खर्ब ५४ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा वितरण गरेका छन् । राष्ट्र बैंकका अनुसार ९१ […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २, पाउन्ड एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ […]

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ४४ अर्ब गैरबैंकिङ, समस्यामा बैंक तथा वित्तीय संस्थाको साथै ऋणी

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

अमेरिकी डलरसहितको केहीको मूल्य स्थिर, अधिकांश मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ भने युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती दिनारलगायत मुद्राको भाउ बढेको छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । […]

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे […]

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखाको, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत ७ […]