स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । बैंकले मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे ३९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको […]

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा सेवा लिँदा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न […]

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट […]

एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सार्वजनिक, ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ ।  नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ। यसअघि कर्पोरेट ग्राहकहरूले यी […]

कर्णालीका १० जिल्ला मध्ये सुर्खेतमा सबैभन्दा बढी कृषि कर्जा प्रवाह

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेत जिल्लामा सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुरुप सुर्खेतमा सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको हो । आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म सुर्खेतमा १ अर्ब ७६ करोड ३५ लाख कृषि कर्जा वितरण गरिएको छ । यस प्रदेशमा प्रवाहित कुल […]

गरिमा रोड रेस–२०८२ सम्पन्न

काठमाडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा  २०८२  मंसिर ६ गते शनिबार आयोजित गरिमा रोड रेस, द्दण्डद्द सफलतापूर्वक सम्पन्न भएको छ । १८औं वार्षिकोत्सवबाट सुरु गरिएको न्बप्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी कुल ६ वटा […]

५० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक प्रणालिमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आ‍इतबार  ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले ८६ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार मंसिर ७ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको […]

निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ । संस्थाले सूचना जारी गर्दै सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने जनाएको छ ।   […]

एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात […]

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ । […]