सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई वित्तीय सचेतना जगाउ अघिल्लो आर्थिक बर्ष २०८१\८२ मा ७ वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको जनाएको छ  । बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका […]

एन आई सी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायीक होमस्टेमा  डिजिटल भुक्तानी गरेमा  छुट पाउने 

काठमाडौं ।एन आई सी एशिया बैंकका कर्मचारी र  ग्राहकले नगरकोट सामुदायीक होमस्टेमा सेवालिएमा  विशेष छुट पाउने भएका छन् । सो छुट लिने दिन सम्बन्धमा बैङक नगरकोट सामुदायीक होमस्टेबीच सम्झौता भएको छ । अब बैंकका ग्राहकले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ […]

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल एसबिआई बैंकले गत असार ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (बिहीबार कार्यालय समय भित्र अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गरेको हो। प्रति ऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँको ३० लाख […]

पहिलो घरका लागि मूल्यांकनको ८० प्रतिशत र ३ करोडसम्म कर्जा पाइने

काठमाडौं । साउन १ गतेदेखि पहिलो पटक घर खरिद गर्ने वा निर्माण गर्नेले मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल ७० प्रतिशत रहेको लोन टु भ्यालु रेसियोलाई बढाएर ८० प्रतिशत पुर्याएको हो । […]

मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, […]

मन्जुश्री फाइनान्सद्वारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग

काठमाडौं । मन्जुश्री फाइनान्सको नेपालगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ्य प्रवर्द्धन केन्द्र संचालन गर्न करिब १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ । सो कार्यक्रममा मन्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगंज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेका हुन् । आफ्ना विभिन्न […]

वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाए

काठमाडौं । वाणिज्य बैंकहरुले साउनका ब्याजदर घटाएका छन् । असारको तुलनामा बैंकहरुले साउनका औषत ब्याजदर घटाएका हुन् । असारको तुलनामा साउनमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने औषत ब्याजदर ०.२०४५ प्रतिशतले घटेको छ । असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.९०२ प्रतिशत थियो । यो साउनमा ५.६९७५ प्रतिशतमा झरेको छ। २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले […]

अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, बेलायती पाउन्ड, युरोपियन युरो, कुवेती र बहराइन दिनारसहित धेरै मुद्राको मूल्य घटेको छ । यसदिन  अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० […]

नेपाल बैंकद्वारा दुर्घटना बीमा अन्तर्गत मृतक शिक्षकको परिवारलाई पाँच लाख रुपैयाँ भुक्तानी

काठमाडौं । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परि ज्यान गुमाएका शिक्षक तथा बैंकका ग्राहक रघुनन्दन यादवको परिवारलाई बीमा दावी अन्तर्गत पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयमा अध्यापनरत यादव पालुङ शाखामा कर्मचारी तलब खाता संचालन गरिहेका ग्राहक थिए। उनको २०८२ जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी […]

होपफुल हराईजन नेपालमा र प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट डा. प्रकृति प्रधान (Consultant Psychiatrist) र प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्र (MOU) […]