वाणिज्य बैंकहरुले कर्मचारीलाई छुट्याएको बोनस रकम घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात, भदौसम्म वाणिज्य बैंकहरुले कर्मचारीलाई बोनस बापत (प्रोभिजन फर स्टाफ बोनस) २ अर्ब ४६ करोड रुपैयाँ छुटाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५.३५ प्रतिशत कम हो । गत वर्षको भदौमा बैंकहरुले २ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम कर्मचारी बोनस बापत छुट्याएका थिए । २ […]

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल एनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीचएनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ)तथा हेड अफ कभरेज, नेपाल श्री गोरख राणा तथा एनसीएचएलका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनपीएस–एनसीएसको पूर्वाधारको तयारीपश्चात् व्यवसायीक […]

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक पौडेले बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएका हुन् । २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागक ल गायतको कार्यानुभव रहेको छ । […]

सिटिजन्स बैंक र केल्मी शोरूम जावलाखेलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल, ललितपुर स्थित केल्मी शोरूम बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल […]

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन भएको छ। गभर्नर विश्वनाथ पौडेलले यही कात्तिक १७ गते यससम्बन्धी निर्णय गरेका थिए। यो निर्णय आजदेखि  कार्यान्वयन हुनेछ। यसअनुसार विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागबाट रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा लगिएको छ। […]

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १७५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

गुराँस लघुवित्तको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडलको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले नाफा बढेको हो । कम्पनीले चालु आवको पहिलो तीन महिनाको अवधिसम्ममा कुल १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत […]

सिटिजन्स बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने सहितका यस्ता छन् एजेण्डा 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९ औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो । सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ । उक्त साधारणसभाले सेयरधनीलाई वितरण गर्ने भनी घोषणा गरिसकेको चुक्ता पुँजीको […]

पूर्वबैंकर कमल ज्ञवालीलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौं। सात वर्षदेखि जेलमा रहेका पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ। ज्ञवालीकी श्रमती गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीन मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा परमादेश जारी गरेको थियो । गौरी खनाल ज्ञवालीले […]

आत्मनिर्भर लघुवित्त नाफा करोड माथि

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफा १ करोड १४ लाख पुगेको हो । गत आवको असोज मसान्तसम्म कम्पनी ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले […]