एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्  । ग्राहकहरुले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म […]

महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ (ISO 9001:2015) बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदान गर्न सक्षम देखिएपछि बैंकलाई २०८१ साल साउन ३२ गतेदेखि लागू हुने गरी प्रमाणपत्र प्रदान गरिएको थियो । सोही प्रणालीको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्न २०८२ साल भदौमा […]

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो […]

२ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार ३१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ २ हजार २१.८८ रुपैयाँ कायम भएको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको पनि ८ प्रतिशत बोनस […]

कुन बैंकले कति दियो सुनचाँदी कर्जा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढी रहँदा सुनचाँदी धितोमा राखी कर्जा  माग गर्नेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनमा  ८५ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । कर्जा लिनेहरुलाई पनि आफूसँग भएको सुनचाँदी धितो राखेर पैसा लिन सबैभन्दा सजिलो हुने भएकाले उनीहरु पनि आकर्षित भएको अनुमान गर्न […]

गुँरास लघुवित्तमा आजसम्म कायम सेयर धनीले मात्रै लाभांश पाउने

काठमाडौं । गुँरास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यो प्रस्ताव पारित गर्न कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेदेखि १० […]

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंककोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने छन् । कात्तिक १४ गते शुक्रबार र १५ गते शनिबार पर्ने भएकाले आजसम्म कायम सेयरधनीहरूले मात्रै बैंकले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल […]

कुमारी बैंक लिमिटेडद्वारा ‘कुमारी’ तृष्णा शाक्य लाई छात्रवृत्ति रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष एक लाख रुपैयाँको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो […]

राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै

काठमाडौं । राष्ट्र बैंकले आज कार्तिक १२ गते ४० अर्ब रूपैयाँ तरलत खिच्ने भएको छ । राष्ट्र बैंकले १७५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो। राष्ट्र बैंकका अनुसार आज कार्तिक १२ गते मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० […]

एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको ३१औं वार्षिक साधारणसभा आज भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । उक्त सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ । त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक […]