प्रचण्डले संसदमा भने – एक महिना बित्यो, सरकारले एउटा गभर्नर नियुक्त गर्न सकेन

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन बित्दासमेत गभर्नर नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। सोमबार सरकारको नीति तथा कार्यक्रमबारे बोल्न रोस्ट्रम उभिएका उनले वर्तमान सरकारले गर्भनर नियुक्तिमा ढिलाइ गरेको बताए । ‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन। दुई तिहाइको अहंकार […]

११ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैत महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले नियमविपरीत कार्य गर्ने ११ वटा बैंक तथा वित्तीय संस्थामाथि विभिन्न प्रकारका कारबाही गरेको छ। राष्ट्र बैंकको नियामकीय निर्देशन अवज्ञा गर्ने पाँच वाणिज्य बैंक, तीन विकास बैंक र तीन वित्त कम्पनीहरू यस अवधिमा कारबाहीमा परेका हुन्। राष्ट्र […]

राष्ट्रिय वाणिज्य बैंकको सातवर्षे अवधिको ऋणपत्र बाँडफाँड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र बाँडफाँड गरिएको छ । कुल २५,००,००० कित्ता ऋणपत्र मध्य व्यक्तिगत तबरबाट १५ लाख कित्ता तथा सर्वसाधारण नेपाली नागरिकहरुमा १० लाख कित्ता गरेर बैंकले एक हजार अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको गरेको थियो । सुरुमा वैशाख ७ गतेदेखि १० […]

आज कुन विदेशी मुद्राको मूल्य बढ्यो? कुनको घट्यो ?

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्डसहितका मुद्राहरुको भाउ घटेको छ । अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । […]

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले पाउने छन् १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाइँले समझदारीपत्रमा […]

बैंकर र व्यवसायी छुट्याउनुपर्छ : उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डा.स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन आवश्यक रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक/व्यवसायी छुट्याउने पक्षमा रहेको उल्लेख गरे। ‘बैंक/व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा […]

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । […]

मन्त्रिपरिषदको निर्णय सार्वजनिक, गर्भनर सिफारिस समितिमा अधिकारीको प्रवेश

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्यमा महाप्रसाद अधिकारी रहने गरी मन्त्रिपरिषदले निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरु मध्येबाट […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

नेपाल राष्ट्र बैंक कर्मचारी संघको महाधिवेशन सम्पन्न,रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ ।  बैशाख १७ र १८ गतेसम्म सम्पन्न भएको महाधिवेशनले  रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्बाचित कार्यसमितिमा उपाध्यक्ष डिल्लीराज आचार्य, निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बाशु रिजाल, मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह कोषाध्यक्ष रेवती राई र […]