ग्लोबल आइएमई बैंकको ग्लोबल म उद्यमी कर्जा सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो । यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरुले […]

तीन दिनपछि बढ्यो अमेरिकी डलरको मूल्य, अन्यको विनिमयदर कति?

काठमाडौं । तीन दिन निरन्तर घटेको अमेरिकी डलरको मूल्य शुक्रबार बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ३९ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा रहेको छ ।  पछिल्ला तीन दिनमा अमेरिकी डलर १ को खरिददर १ सय […]

कामना सेवा विकास बैंकको सञ्चालकमा सिर्जना दंगाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छिन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २२ गते अर्थात आजदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । उनी वित्तीय क्षेत्रको राम्रो ज्ञान तथा अनुभव […]

कुमारी बैंकको ८१ हजार ८४४ कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बिहीबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो । उक्त शेयर हाललाई संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् । म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन […]

संस्थापक शेयर बिक्री गर्दा अनिवार्य राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक शेयर‍ खरिदबिक्री र नामसारीसम्बन्धी नयाँ व्यवस्था गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै अनुमतिपत्र प्राप्त भएको मितिले ५ वर्षसम्म संस्थापक शेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । तर आधुनिक प्रविधि भित्र्याउन पूँजी थप गर्नुपर्ने अवस्था वा दुई वा दुईभन्दा बढी संस्था एक आपसमा गाभिई नयाँ […]

बिहीबार पनि घट्यो अमेरिकी डलरको मूल्य, अन्यको विनिमयदर कति ?

काठमाडौं । मंगलबारदेखि निरन्तर घटिरहेको अमेरिकी डलरको मूल्य आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमयदर अनुसार यसदिन अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ […]

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा लगानीसम्बन्धी जोखिमहरुको उपयुक्त उपाय अपनाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक संस्थालाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा लगानीसम्बन्धी जोखिमहरुको पहिचान, मूल्यांकन एवं व्यवस्थापनको उपयुक्त उपायहरु अपनाउन निर्देशन दिएको छ ।   भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन/परिमार्जन र थप गदै उक्त उपायहरु अपनाउन निर्देशन दिएको  केन्द्रीय बैंकले जनाएको छ । संशोधनपश्चात् अब  […]

कुमारी बैंक लिमिटेड र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र बिच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमांडौ स्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बिच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २०% र बाह्य ल्याब टेष्टमा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पुन पृथ्वी बहादुर पाँडे

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पुन पृथ्वी बहादुर पाँडे चयन भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको निर्णयले पाँडेलाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । पाँडेसँग बैंकिङ क्षेत्रमा झण्डै ४ दशकको अनुभव छ। मर्जरअघि उनी नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष थिए। […]

कामना सेवा विकास वैङ्कको झण्डै १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समुहको ९७,७९३ कित्ता शेयर प्रति कित्ता न्युनतम मूल्य रु.१००/- (एक सय मात्र) वा सो भन्दा बढी मूल्यमा बोलकबोल बिधिबाट बिक्री गर्ने भएको छ । बिक्रिमा रहेको शेयर खरिद गर्न चाहने  ईच्छुक  योग्य व्यक्ति / कम्पनी / संघ / संस्थाहरुले २०८१ फागुन २१ गते देखी २८ गते  कार्यालय […]