माछापुच्छ्रे बैंकका ग्राहकलाई मर्क्योर होटलमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले मर्क्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक […]

बैङ्किङ कसुरको आरोपमा काभ्रे जिसस प्रमुख गौतम पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैङ्किङ कसुरको मुद्दामा बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ सम्पन्न

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता […]

आज तिस अर्व निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा  अधिक तरलता भए पछि राष्ट्र बैंकले आज चैत १३ गते ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन […]

नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको आज चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले चैत्र १० गतेदेखि नै लागू हुने […]

सानिमा बैकद्वारा स्वास्थ्य शिविरमा आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ । सोहि क्रममा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य […]

राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ४ अर्ब ५३ लाख लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ४ अर्ब ५३ लाख १७ हजार रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार सूचना जारी गर्दै विभिन्न कोषहरूमा रहेको रकम लगानी गर्नुपर्ने भएकोले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा उक्त लगानी गर्न लागेको हो । इच्छुक क, ख र ग वर्गका बैंकलेअप्रिल १५, […]

अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर […]

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानका विजेता

काठमाडौं । भिसाले सञ्चालन गरेको ”दशैं क्याम्पियन २०२४” अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ […]

धितोपत्र बोर्डले बढायो मर्चेन्ट बैंकको अन्डरराइटिङ सीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुको अन्डरराटिङ सीमा बढाएको छ। धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले बैंक, वित्तीय संस्था र बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ)को अधिकतम सीमा बढाउने निर्णय गरेको प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। ‘हाल मर्चेन्ट बैंकले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकमबराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था छ’, घिमिरेले भने, […]