माछापुच्छ्रे बैंकद्वारा ग्लोबल मनी सप्ताह २०२५ सम्पन्न
काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको ग्लोबल मनी विक २०२५ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो । […]

