एभरेष्ट बैंकको पाँचथरमा १३०औं र ताप्लेजुङमा १३१औं शाखाको औपचारिक उद्धघाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औं र फागुन ९ गतेका दिन फुङ्लिङ नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ […]

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका […]

बेनीमा कुमारी सहकारी अपचलन प्रकरणः एक जना पक्राउ

काठमाडौं । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलन प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले यसबारे जानकारी दिएको हो। […]

कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न

विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता […]

डिजिटल वालेट नेपाल पे टाइमको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक नेपाल पे टाइम प्रालिको लाइसेन्स खारेज गरेको छ । संस्थाले प्रदान गर्दै आइरहेको सेवा लामो समयदेखि बन्द रहेकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंक शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ । साथै सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध […]

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

छैटाैं एसएआरएफआईआई लिडर्स राउण्डटेबल काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा दक्षिण एसिया वित्तीय क्षेत्र समावेशी पहल (एसएआरएफआईआई) को ६ औं लिडर्स राउण्डटेबल बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक […]

लगानीयोग्य रकम मुद्दती खातामा राख्दै सेबोन, खोज्यो बैंक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफूसँग भएको लगानीयोग्य रकम मुद्दती खातामा राख्ने भएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै सेबोनले बोर्डको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने भएको बताएको छ । जसअनुसार सेबोनले इच्छुक ‘क’ वर्गका बैंकहरुलाई आफूले दिन सक्ने १ वर्षे […]

बैंकिङ कसुरका ६ हजार ५२९ मुद्दा दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्रै ६ हजार ५२९ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार गत पुस मसान्तसम्म दर्ता भएका यी मुद्दाहरू आर्थिक गतिविधिमा आएको सुस्ततासँगै बैंकिङ प्रणालीमा देखिएको चुनौतीको संकेत हुन्। बैंकर्सका अनुसार आर्थिक चक्र सुस्त हुँदा चेक बाउन्स तथा अन्य बैंकिङ अनियमितताका घटनाहरू बढेका छन्। […]

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलरको विनिमयदर स्थिर रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ । यस्तै आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य […]