राष्ट्र बैंकद्धारा मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मितेरीलाई कारबाही गरेको हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षणका अनुसार मासिक व्याजदर अन्तर तोकिएको सिमाभित्र कायम नगरेकोले बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले यस्तो कार्य फेरि नगर्न सचेत गराएको छ । संस्थाले २०८१ असार […]

बैंकिङ प्रणालीमा ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै पुस १४ गते ७० अर्ब रुपैयाँ उठाउन लागेको हो । २१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ७० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले माघ ६ गते फिर्ता पाउनेछन् । […]

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित श्री विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती […]

सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन रहेको छ । ती कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ भोलि पुस १५ गते तुम ल्होसारको सार्वजनिक बिदा परेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीहरुले ती कम्पनीको लाभांश पाउन र […]

बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा उठाउन सकस, २० अर्बले घटाए विपन्न वर्ग कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप […]

सनराइज ब्लूचिप फण्डको नाफा ९६ प्रतिशतले घट्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको खुद नाफा कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा ९६ प्रतिशत कमी आएको छ । फण्डले कात्तिक मसान्तमा ७ करोड ४ लाख नाफा कमाएकोमा मङ्सिर मसान्तमा २८ लाख १७ हजारमा झरेको हो । मंसिर […]

एनआईसी एशिया ग्रोथ फण्डले कमायो १२ करोड २५ लाख नाफा

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले मंसिर मसान्तसम्ममा १२ करोड २५ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा २४ दशमलव ८९ प्रतिशत कम हो । सो अवधिमा फण्डले  १६ करोड ३१ […]

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लाका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पाँचथर र ताप्लेजुङमा शाखा विस्तार गरेको छ । बैंकले पुस ११ गते फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा […]

नेपाल राष्ट्र बैंकले खारेज गर्यो ३ रेमिट कम्पनीको इजाजतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि., मोडर्न रेमिट्यान्स प्रा. लि. र भाटभटेनी मनि ट्रान्सफर प्रा. लि.को लाइसेन्स रद्द गरेको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार यी  विप्रेषण कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, […]

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार १३६ रुपैयाँ ७३ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा तोकेको छ भने खरिददर १३६ रुपैयाँ १३ पैसा तोकेको छ। यस अघि पुस १० गते डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा पुगेर […]