गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ। यस कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन्। कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी श्री संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त गरिएको छ। सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको […]

बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक र वैदेशिक सम्पत्ति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षणका तथ्यांकअनुसार बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति चालु आवको तेस्रो त्रैमाससम्म ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । भने, वैदेशिक सम्पत्ति १७ अर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ […]

बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब १५ अर्ब पुनरकर्जा वितरण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठसम्म पुनरकर्जाका विभिन्न शीर्षकमा २४ हजार ३ सय ५ जना ऋणलाी १ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ वितरण गरिएको हो । मुलुकमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास […]

मर्जरसँगै जाल्पा र किसान लघुवित्तको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का राखेको छ । जाल्पा र किसान  एक आपसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममाबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति प्राप्त गरेको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने […]

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

काठमाडौं ।  पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति पनि बढ्दै गएको  धारणा राखेका […]

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले अब सबैको हातेमालो र समन्वयले मात्रै वित्तिीय क्षेत्रको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापन हुन सक्ने धारणा […]

सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैन: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो दाबी गरेका हुुन् । देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको […]

नेपाल बैंकको वित्तीय सुशासनमा प्रश्न, १५ अर्ब भन्दा बढी रकमको शीर्षगत व्यवस्थापन गर्न निर्देशन

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा आर्थिक बेथित रहेको पाइएको छ । नेपाल बैंकले निष्क्रिय कर्जा, अपलेखन रकम, डेबिट र क्रेडिट रकमको व्यवस्थापन गरी आर्थिक तथा वित्तीय सुशासन कायम गर्नुपर्ने देखिन्छ । बैंकको निष्क्रिय कर्जा, अपलेखन रकम, डेबिट र क्रेडिट रकम गरी करिब १५ अर्ब रुपैयाँ भन्दा बढी रकमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । महालेखापरीक्षकको […]

बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुँदै, लेनदेन बाँकी हुनेलाई निवेदन दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं ।बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुनेभएको छ। नेपाल राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरेको बेस्ट एक्सचेञ्ज हाउस ठमेल काठमाडौंले स्वेच्छिक रुपमा लाइसेन्स खारेज गर्न निवेदन दिएको छ। राष्ट्र बैंकले बेस्ट एक्सचेञ्ज हाउसको निवेदन अनुरुप लाइसेन्स खारेजी प्रक्रिया अघि बढाएको छ। मनिचेञ्जर कारोबारको सिलसिलामा कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन (मनिचेञ्जरसँग सम्बन्धित कारोबार […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष […]