सिटिजन्स बैंक र साई डेण्टल क्लिनिकबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे। समारोहमा […]

समाज लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाले आफना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको आइतबार बेलुका ६ बजे बसेको सञ्चालक समितिको ११२ औं बैठकले लाभांश वितरण नगर्ने बताएको हो । मुनाफाबाट प्राप्त रकम जगेडका कोष र रिटेन अनिङमा राख्ने निर्णय गरेको थियो । संस्थाले गत आर्थिक वर्षमा ३० लाख ७३ हजार ७ सय ५१ रुपैयाँ […]

गभर्नर महाप्रसाद अधिकारीको गुनासोः ‘वास्तविक कर्जाको अभाव नहुन गरिएको सुधारमा पनि आपत्ति हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान र वास्तविक कर्जा प्रवाहका लागि गरिएको सुधारमा पनि आपत्ति हुने गरेको गुनासो गरेका छन्। इकोनोमिक मिडिया सोसाइट नेपाल (इम्सन)ले आज आयोजना गरेको पोस्ट–बजेट छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो गुनासो गरेका हुन्। हामी लगानी र खर्च उत्पादन मुखी भएन भन्छौं। त्यो लगानीलाई उत्पादन मुखी बनाउनका लागि […]

लक्ष्मी सन्‌राइज बैंकको नेपालगन्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ । […]

प्रभु बैंक र न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना […]

सम्पत्ति शुद्धीकरणमा सीआईटी र ईपीएफका लागि नयाँ व्यवस्था, नियम मिचे ५ करोडसम्म जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी सञ्चय कोष (ईपीएफ)का लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था जारी गरेको छ। यो व्यवस्था कार्यान्वयन गर्न दुवै निकायलाई राष्ट्र बैंकले निर्देशन पनि दिएको छ। नयाँ व्यवस्थामा नीति तथा कार्यविधि, ग्राहक पहिचान तथा सम्पुष्टि, सूचीकृत व्यक्ति पहिचान, उच्च पदस्थ व्यक्ति […]

कामना सेवा विकास बैक र होटल ईस्टन ब्लू बीच सम्झौता 

काठमाडौं । कामना सेवा विकास बैंकले सूर्योदय, इलाम स्थित होटल ईस्टन ब्लूसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो […]

वित्तीय समावेशीकरण नीति सार्वजनिक, १३ काम गरेर लक्ष्य हासिल गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ। वित्तीय स्थायित्वलाई मध्यनजर गर्दै वित्तीय सेवाको विस्तार, पूगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्धन र वित्तीय ग्राहक संरक्षण मार्फत वित्तीय समावेशीकरण प्रवर्द्धन गर्ने राष्ट्र बैंकले नीति लिएको छ। नीतिले वित्तीय पहुँचको विस्तार, वित्तीय सेवाको प्रयोगमा विस्तार, उद्यमशीलता तथा आर्थिक गतिविधिमा विस्तार, वित्तीय साक्षरता प्रवर्द्धन, […]

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले जारी गर्यो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि निर्देशन (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरेको छ । राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीले अब हायर पर्चेज कर्जा लिने व्यक्तिको विवरण ‘गो एमएल’मार्फत राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा बुझाउनुपर्नेछ । हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले […]