आज तिस अर्व निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा  अधिक तरलता भए पछि राष्ट्र बैंकले आज चैत १३ गते ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन […]

नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको आज चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले चैत्र १० गतेदेखि नै लागू हुने […]

सानिमा बैकद्वारा स्वास्थ्य शिविरमा आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ । सोहि क्रममा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य […]

राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ४ अर्ब ५३ लाख लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ४ अर्ब ५३ लाख १७ हजार रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार सूचना जारी गर्दै विभिन्न कोषहरूमा रहेको रकम लगानी गर्नुपर्ने भएकोले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा उक्त लगानी गर्न लागेको हो । इच्छुक क, ख र ग वर्गका बैंकलेअप्रिल १५, […]

अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर […]

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानका विजेता

काठमाडौं । भिसाले सञ्चालन गरेको ”दशैं क्याम्पियन २०२४” अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ […]

धितोपत्र बोर्डले बढायो मर्चेन्ट बैंकको अन्डरराइटिङ सीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुको अन्डरराटिङ सीमा बढाएको छ। धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले बैंक, वित्तीय संस्था र बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ)को अधिकतम सीमा बढाउने निर्णय गरेको प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। ‘हाल मर्चेन्ट बैंकले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकमबराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था छ’, घिमिरेले भने, […]

माछापुच्छ्रे बैंकद्वारा ग्लोबल मनी सप्ताह २०२५ सम्पन्न

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको ग्लोबल मनी विक २०२५ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो । […]

नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् । आइतबारदेखि लागु हुनेगरी उनले राजीनामा बुझाएका हुन् । सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् । ढुंगानाले आफूले राजीनामा दिएको पुष्टि गरे । उनले आफनो पदबाट राजीनामा दिएको तीन दिन भएको बताए । ढुंगानालाई आगामी गभर्नरका लागि दाबेदार […]

राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विक सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो […]