बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए। बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उनको भनाइ छ। प्रदेशसभा सदस्य जितप्रकाश आले […]

युवालाई विदेश पठाएर दिगो समृद्धि हासिल हुँदैन -अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वणिम वाग्ले ले कुनै पनि राष्ट्रले आफ्ना सबैभन्दा ऊर्जाशील युवालाई निरन्तर विदेश पठाएर दिगो समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । उनले आर्थिक बर्ष २०८३्\८४ बजेटमाथि सांसदले राखेको प्रशनको समग्र जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले जफाल दिने क्रममा सांसदले उठाएका बिषय उठाइएका प्रश्नहरू राजस्व, खर्च, ऋण, कर, […]

उधमशीलता र नवप्रवर्धनमा बागमती प्रदेशको जोड

काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक वर्ष (आव)  २०८३\८४ को बजेटमार्फत् उधमशीलता र नवप्रवर्धनलाई जोड दिएको बताए । साथै, यातायातलाई थप व्यवस्थित बनाउने भएको छ । बजेटमार्फत्  नवप्रवर्धन  र स्टार्टअप अभियानलाई विद्यालय विश्वविद्यालय तथा नीजि क्षेत्रबाट उधमशील शिक्षा तथा कार्यक्रम हरुको लागि सरकारले बजेट छुट्याएको छ । युवा तथा महिलालाई सिप, प्रविधि र वित्तिय सहायताबाट […]

सातै प्रदेशद्वारा कुल २ खर्ब ९३ अर्बको बजेट सार्वजनिक, सबैभन्दा ठूलो बागमतीको

काठमाडौं ।  आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन्। सातमध्ये ६ प्रदेशले हिजो बजेट सार्वजनिक गरेका थिए भने सुदूरपश्चिम प्रदेशले सोमबार मध्यरातमा बजेट प्रस्तुत गरेसँगै सातै प्रदेशको बजेट सार्वजनिक भएको हो। सातवटा प्रदेशको कुल बजेट करिब  २ खर्ब ९३ अर्ब  रुपैयाँ रहेको छ। यो बजेट देशको आगामी कुल बजेटको १३.७ […]

काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ)

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको  बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षमा आर्थिक वृिद्धदर ५ प्रतिशत हुने अनुमान गरेको छ । चालु आवामा […]

लुम्बिनीको बजेट सोमबार

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन् । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, […]

गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फको प्रविष्टि भइसकेको र पुँजीगततर्फका योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख […]

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैनः वर्षमान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् । नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित आगामी आर्थिक वर्ष २०८३/०८४ को पोष्ट बजेटसम्बन्धी अन्तक्र्रियामा पुनले बजेटले कुनै पनि क्षेत्रमा नजिता […]

आर्थिक बर्ष २०८३\८४ को बजेटका सम्बन्धमा नाडाको धारणा

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले हालै संघिय संसदमा प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८३\०८४ को बजेटका सम्बन्धमा यस एशोसिएशनको विशेष रुपले ध्यान आकृष्ट भएको छ। सरकारले विद्युतिय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ। सरकारको बर्तमान कर नीतिले विद्युतिय लगायत इन्धनबाट चल्ने सवारी साधनहरु समेतको मूल्य बढने देखिएको […]

आगामी बजेट प्रभावकारी कार्यान्वयन गर्न विद्युत प्राधिकरणका कामु कार्यकारी र उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन् । प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनका […]