बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ । महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास तथा निजी […]

भारतलाई विद्युत् बेच्ने मात्र होइन, एआईसँग जोडेर उच्च प्रतिफल लिन्छौं : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल पूर्वाधारलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले  एआई कम्प्युट सेन्टर स्थापना गर्ने योजना अघि बढाइएको जानकारी दिए। उनका अनुसार उक्त केन्द्रका लागि हजारौं जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) खरिद […]

आजदेखि संसद्‍मा बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको १:०० बजे बस्ने सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । बैठकमा अर्थ मन्त्री डा. […]

बजेटपछि कति कमाउनेले कति तिर्नुपर्छ कर ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आयकरको स्ल्याब मा ठूलो हेरफेर गरेको छ। मध्यम वर्गको विस्तार गर्ने भन्दै बजेट ल्याएको सरकारले हाल रहेको आयकरमा उल्लेख्य परिवर्तन गरेको हो । नयाँ व्यवस्थाअनुसार न्यून कर लाग्ने सीमालाई घटाएर उच्च दरको कर लाग्ने दायरालाई फराकिलो बनाइएको छ। यसले विशेषगरी मध्यम र उच्च आय भएका वर्गलाई […]

पर्यटनमा बजेट : शालिग्राम पथदेखि सगरमाथामा खगोलीय पर्यटनसम्म

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पर्यटन क्षेत्रलाई ‘अर्थतन्त्रको सुधारको संवाहक’ घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि ‘भिजिट नेपाल २०८५’ र ‘नेपाल आरोग्य वर्ष २०२७’ जस्ता ठुला अभियानदेखि वैवाहिक र खगोलीय पर्यटनसम्मका जस्ता कार्यक्रमहरू समेटिएका छन् । सधैँको बजेटझैँ यो पटक पनि पर्यटन […]

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

काठमाडौं । सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आयुर्वेद क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने बताएका हुन्। उनले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा […]

राजस्व बढाउन हरित कर, कुनमा कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ । सरकारले बजेटमार्फत ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशूल्क खारेज गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो । छरिएर रहेका करका शीर्षकहरुलाई एकीकृत गरी राजस्व […]

प्रतिनिधिसभामा बजेटको प्रति टेबुल

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । यस्तै, अर्थमन्त्री डा वाग्लेले आजै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । यस्तै, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको यही जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी […]

नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणा : स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने

काठमाडौं ।‍ सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को युगमा प्रवेश गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गर्दै एआई पूर्वाधार, जनशक्ति विकास र डिजिटल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको हो। अर्थमन्त्री डा स्वर्णिम वाग्लले आज संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार काठमाडौँको स्यूचाटारमा […]

तेल उत्पादन उद्योगलाई भन्सार महसुलमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले तेल उत्पादन गर्ने उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आर्थिक विधेयक, २०८३ मा छुटको व्यवस्था गरिएको उल्लेख छ । बजेटअनुसार उपशीर्षक १२०१.९०.०० मा पर्ने भटमासको गेडा, १२०५.१०.०० मा पर्ने तोरी, रायो र क्यानोला (रेप्सिड) का गेडा, १२०६.००.०० मा पर्ने सूर्यमुखीका गेडा तथा १२०७.५०.०० […]