भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० चाँडै सार्वजनिक हुँदै

काठमाडौं ।  भिभोले आफ्नो आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाईस पोर्टेट सो प्रो’ को नयाँ अवधारणा अघि सार्दै भि७० मा व्यावसायिक टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको छ । प्रिमियम डिजाइन र उन्नत इमेजिङ क्षमतामा केन्द्रित रहने भि७०, भिभोको निरन्तर इनोभेसनको अर्को […]

दराजद्वारा ४.४ नव वर्ष उत्सव ! सार्वजनिक : नयाँ वर्षलाई विशेष बनाउन छुटाउनै नहुनेआकर्षक बचतका अवसरहरु

काठमाडौं । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा, नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ । ७५% सम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा रु. ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल अप्रिल ३ (चैत २०, २०८२) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल […]

बालेन सरकारको नीतिगत सुधारको प्रतिबद्धतालाई  नेपाल उधोग परिसघं(सीएनआई) ले गर्यो स्वागत

काठमाडौं । नेपाल उधोग परिसंघले नव निर्चाचित बालेन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाट गरेको असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति स्वागत गरेको छ । उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो ।  सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार मूल्य पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा/मट्टितेलमा १५ रुपैयाँ बढेको हो । मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो । भारतीय बजारमा मूल्य बढ्दा नेपाल आयल निगमलाई मार्च १६ देखि ३१ सम्म ५ अर्ब […]

६५०० एमएएच ब्याट्री भएको भिभो वाई०५ सार्वजनिक

काठमाडौं ।  भिभोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ, जसले किफायती मूल्यमा शक्तिशाली ब्याट्री र उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दै नयाँ मानक स्थापित गरेको छ । भिभो वाई०५ को मुख्य आकर्षण यसको शक्तिशाली ६५०० एमएएच ब्लुभोल्ट ब्याट्री हो, जसले आफ्नो श्रेणीमा दीर्घकालीन प्रयोगको नयाँ मानक स्थापित गर्दछ । यो उच्च […]

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं ।  भाटभटेनी सुपरमार्केट तथा होमाबीच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को बिक्री वितरणका लागि सहकार्यको थालनी भएको छ । अबदेखी जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा आयात तथा बिक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका हुन् । होक्काईदो विजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ […]

शिवप्रसाद घिमिरेद्वारा ‘वस्तुगत’ प्यानल घोषणा, अञ्जन श्रेष्ठको पूर्ण समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा सोमबार आयोजित एक समारोहका बीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको शक्तिशाली समूह सार्वजनिक गरेका हुन् । घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा […]

महासंघ निर्वाचनः अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे, जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र […]

महासंघको साधारणसभा नजिकिँदै, वस्तुगत र जिल्ला–नगर उपाध्यक्ष पदमा बढ्दो प्रतिस्पर्धा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायीकोबीचमा चुनावी सरगर्मी बढेको छ । महासंघले चैत २९ र ३० गते ६० औँ साधारणसभा बोलाएको छ ।  जसले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । विधानअनुसार यो पटक महासंघको अध्यक्षमा चुनाव हुने छैन । यो कार्यसमितिमा पुरानो  बिधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वचालित रूपमा ३ […]

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख—बिजनेस अपरेसन ओम […]