आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का […]

केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

काठमाडौं । टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन् । विद्युत् विस्तारसँगै स्थानीय सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिनुका साथै दैनिक जीवनयापनमासमेत परिवर्तन आएको छ । भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा […]

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक […]

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो । किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब […]

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा बेलिब्रिज जडान

काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले उक्त स्थानमा रहेको पक्की पुलको गोरखातर्फको […]

सडक पुगेको दुई दशकपछि दरवाङ बजारमा कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र गरिएको छ । पश्चिम म्याग्दीको व्यापारिक केन्द्रका रूपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्रसमेत हो । गत आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । “दरवाङको तल्लो […]

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो । गत भदौ १० गतेको बाढीले पुल बगाएपछि […]

नुवाकोटमा निर्माण व्यवसायी महासंघद्वारा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विपद्पछिको जनजीवन सहज बनाउने उद्देश्यसहित नुवाकोटस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण सम्पन्न गरेको छ। नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने उक्त पुल गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएको थियो। पुल पुनर्निर्माण सम्पन्न भएसँगै भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। बाढीका […]

मालढुङ्गा पुलमा अस्थायी सडक मर्मत गरी यातायात सञ्चालनमा

काठमाडौं ।  कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमा आजदेखि यातायात पुन सञ्चालनमा आएको छ। बाढीले पुलको ३० मिटर एप्रोच सडकमा पुर्याएको क्षतिलाई मर्मत गरी अस्थायी संरचना निर्माण गरेसँगै अवरुद्ध यातायात सेवा सुचारु गरिएको हो। उक्त क्षतिग्रस्त सडक तथा अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र […]

नुवाकोट-रसुवा सिमानाको फलाकु खोलामा नेपाली सेनाद्वारा ४० टन क्षमताको ‘एक्रो ब्रिज’ जडान सम्पन्न

काठमाडौं ।  नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको ‘एक्रो ब्रिज’ जडान कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। पुल निर्माण भएसँगै नुवाकोट तथा रसुवा आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो राहत पुग्नेछ। साथै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्रीको ढुवानी सहज र द्रुत रूपमा गर्न मद्दत पुग्ने […]