दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार्न दुईसय टेलिफोन टावर र १६ सय स्थानमा फोरजी सेवा विस्तार यसैवर्ष : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको र विद्युत् तथा पावर ब्याकअपको अभावका कारण […]

