मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने तयारी

काठमाडौं । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताएको हुन। मधेश प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी […]

हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम तथा प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले […]

हिमाली विपद् सीमापार साझा चुनौती हो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय समस्या तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादलाई सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिए। राजनीतिक […]

सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै […]

थारमारे–बडागाउँ–चौरजाहरी जोड्ने सडक कालोपत्रेको काम अन्तिम चरणमा

काठमाडौं । सल्यानको थारमारे बडागाउदेखि रुकुमपश्चिमको चौरजहारी जोड्ने सडक खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । थारमारेदेखि सुरु भएको सडक कालोपत्रेको काम अहिले बडागाउ पुगेको छ । अहिले थारमारेदेखि मौलाहालेसम्मको करिब २६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । ४५.५ किलोमिटर लामो सडक खण्डमध्ये हालसम्म २६ किलोमिटरभन्दा बढी कालोपत्रे भइसकेको कर्णाली प्रदेश भौतिक पुर्वाधार उर्जा […]

मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

काठमाडौं । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म समेटिएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८२/८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत […]

५३ मेगावाटको अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी। त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो । आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ ब्रेक […]

भदौ १० को विपत्तिमा ज्यान गुमाउनेहरु जलवायु अन्यायका पीडित हुन् : साभापति लामिछाने (प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ)

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भदौ १० मा रसुवा बाढीको विपत्तिमा ज्यान गुमाउनेहरु जलवायु अन्यायका पीडित भएको बताएका छन् । बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । उनले भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं, हुनु नहुने बताएका छन्। ‘ती त जलवायु अन्यायका पिडित […]

नुवाकोटको तादी खोलामा सेनाद्वारा ६० मिटर लामो फलामे पुल जडान तीव्र

काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो। साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे […]

जेनजी आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

काठमाडौं । नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा ‘जेनजी’ आन्दोलनपश्चात्को वर्षदिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास भइरहेका छन् । मुलुकको विकास निर्माणमा वर्षौंदेखिको बाधकका रूपमा चित्रण गरिएको ‘सार्वजनिक खरिद ऐन, २०६३’ जेनजी आन्दोलनपछिको निर्वाचित वर्तमान सरकारले संशोधन गरी समयसापेक्ष बनाएको छ । पूर्वाधार निर्माण र विकास आयोजनाका क्षेत्रमा यो कानुनको समयसापेक्ष संशोधन र परिमार्जनलाई […]