लामो अन्योलपछि निजगढस्थित लालबकैया नदीको पुल सञ्चालनको अन्तिम चरणमा

काठमाडौं ।  रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता […]

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी । कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो । विभिन्न ५० ठाउँमा […]

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु

काठमाडौं । चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माणको काम सुरु गरिएको छ। नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक निर्माणसँगै पुलको जग खन्ने काम अघि बढाइएको हो। कुल ७६ मिटर लम्बाइ रहने उक्त बेलिब्रिज निर्माणका लागि हाल ‘एक्सेस रोड’ निर्माणको काम भइरहेको छ। बेलिब्रिज जडानका लागि १४ मिटर अग्लो […]

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

धनकुटा । आधुनिक प्रविधि र विद्युतबाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ । विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर […]

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले २५० मिटर सडक कटान गरेर बगाएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख […]

भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि दशैंअघि नै ठेक्का प्रक्रिया : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त पुल, सडक लगायतका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि दशैंअघि नै ठेक्का प्रक्रियामा जाने बताएका छन्। मन्त्री लम्सालले बाढीबाट घरबास गुमाएका नागरिकलाई समेत छिट्टै सुरक्षित आवासको व्यवस्था गर्ने लक्ष्यसहित सरकारले काम अघि बढाइरहेको जानकारी दिए। ‘दशैंअघि नै आवास दिने लक्ष्यअनुसार काम गरिरहेका छौं। सकेसम्म पुनर्स्थापना गरेर फेस्टिबलको माहोल […]

बाढीपहिरोबाट पूर्वाधारमा २ खर्ब २७ अर्बको प्रारम्भिक क्षति, पुनर्निर्माणका लागि ६३ अर्ब आवश्यक

काठमाडौं । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा पुनर्निर्माणका लागि तत्काल ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले सिंहदरबारमा आयोजित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी […]

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, फूलपातीअघि सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि नुवाकोट र रसुवालाई जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडानको काम सुरु भएको छ। दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंले पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको बताए। उनका अनुसार आजसम्म […]

रसुवा पुग्ने सबै सडक ठप्प, बेनि-जोमसोम सडक अवरुद्ध

काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। आज बिहान ०६:४५ बजेसम्मको अद्यावधिक तथ्यांक अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू प्रभावित बनेका छन्। गत साउन १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। […]

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

भद्रपुर (झापा) । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ । निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक […]