बाढी पहिरोका कारण ६८ स्थानका सडक अवरुद्ध

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण  देशका विभिन्न राजमार्गका ६८ वटाभन्दा बढी स्थानमा सडक अवरूद्ध भएको छ । कतै–कतै आंशिक रुपमा एकतर्फी सवारीसाधन सञ्चालनको प्रयास भइरहेको भए पनि अधिकांश सडक ठप्प नै छन् । विभिन्न २३ राजमार्गका ६८ ठाउँ पूर्ण क्षति भएका छन् भने ३ सय ८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न […]

बाढीले नेपालथोक–खुर्कोट सडकखण्ड भासियो, आवत -जावत अबरुद्द

काठमाडौं । गएको असोज ११ र १२ गते परेको निरन्तर पानीको कारणले  आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गतको नेपालथोक–खुर्कोट सडकखण्ड भासिएको छ । सुनकोसी नदीको बहाबले निरन्त कटान गर्दा  बिपी राजमार्गको खुर्कोट नेपालथोक सडकखण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ कानढुङ्ग्री नजिक सडक भासिएको हो । सडक भासिएपछि उक्त खण्ड अवरुद्ध भइ सवारी आवत जावत बन्द भएको […]

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गा हुने चन्द्र ढकालको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग […]

नारायणगढ-मुग्लिन सडकमा आज राती गाडी चलाउन रोक

काठमाडौं । हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो । समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने […]

विकासको परिभाषा परिबर्तन भयो, आर्थिक बिकास मात्रै बिकास होइन- युबराज खतिवडा

काठमाडौं । प्रधानमन्त्रीका प्रमूख आर्थिक सल्लाहकार तथा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन्  । नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव मा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने […]

सरकारले निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी गरेर, समग्र निर्माण आपूर्ति चक्र प्रभावित

काठमाडौं । सरकारले निर्माण व्यवसायीको भुक्तानी समयमा नगर्दा समग्र निर्माण आपूर्ति चक्र प्रभावित भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार पत्रकार सम्मेलन मार्फत निर्माण कार्यको भुक्तानी समयमा नपाउँदा समग्र निर्माण आपूर्ति चक्र प्रभावित हुन पुगेको जानकारी दिएको छ । महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट निर्माण व्यवसायीलाई ४५ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए । […]

२७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

काठमाडौं । सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय ग्रिडमा जोडिने भएको छ। लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट […]

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।  मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण […]

भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इ […]

घटस्थापना अघि सडक मर्मत गर्न निर्देशन, शीघ्र अग्रिम टिकट बुकिङ खोलिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अघि मर्मत सम्भार गरिसक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अघि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने […]