स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक

काठमाडौं । नेपालका उद्योगी–व्यवसायीहरुले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रबद्र्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरु हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरुले सरकारले लगानीका लागि भइरहेका […]

आगामी बजेटका लागि समपूरक तथा विशेष अनुदानका कार्यक्रम प्रस्ताव माग

काठमाडौं । नेपाल सरकार राष्ट्रिय योजना आयाेगले प्रदेश सरकार र स्थानीय तहमा आर्थिक बर्ष. २०८२/८३ का लागि सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत कार्यक्रमका लागि प्रस्ताव माग गरेकाे छ । याेजना आयाेगले आर्थिक बर्ष २०८२/०८३ मा सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको लागि प्रस्तावसहित विवरण तयार […]

डिजिटल भुक्तानी सेवा निःशुल्क गर्न रास्वपा सांसद निशा डाङ्गीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले डिजिटल भुक्तानी सेवालाई निःशुल्क गर्न सरकारसँग माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। आज रास्वपाका सांसद तथा संसदीय दलको सचेतक निशा डाङ्गीले अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई नेपालमा डिजिटल भुक्तानी (Digital Transaction) लाई निःशुल्क गर्न ध्यानाकर्षण पत्र बुझाएकी हुन। नेपाल सरकारले एकातिर डिजिटल नेपाल फ्रेमवर्कको खाका बनाएका विद्युतिय कारोबारलाई प्रोस्ताहन गरेको […]

सुन्तला खेतीले रोकियो वैदेशिक रोजगारी, आम्दानी समेत आर्कषक

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् । १२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए […]

९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान

काठमाडौं । सरकारले भारतबाट गहुँ आयातका गर्न इच्छुक फर्म वा कम्पनीलाई आवेदन खुला गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतले दिएको कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि नेपाली कम्पनीलाई कोटा खुलाएको जनाएको छ । विभागका अनुसार उक्त गहुँ आयातको लागि इच्छुक नेपाली फर्म/कम्पनीले आफूले आयात गर्न चाहेको परिमाण न्यूनतम […]

सहकारी बोर्ड सहकारी नियमन प्राधिकरणमा रुपान्तरण, पदाधिकारीहरूले लिए शपथ

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यहरूलाई सोमवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले शपथ गराएका हुन् । सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि अध्यादेशमार्फत सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन […]

पोखरामा खुल्यो कजरियाको आउटलेट

काठमाडौं । भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौलाश्री सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह २०८१ माघ १३ गते सम्पन्न भएको थियो, जसमा स्थानीय बासिन्दा तथा व्यवसायी समुदायका प्रतिष्ठित सदस्यहरुको ध्यानाकर्षण भएको थियो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख […]

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन् । […]

१० अर्वको बिकास ऋण पत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०९१ को अबधि १० बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने छ । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ ।  यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय संस्था,बीमा कम्पनी, संगठित संस्था तथा […]

माओवादी अर्थ विभागले गर्यो राष्ट्रिय गौरवका आयोजनाबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ । राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरु सहभागी छन् । कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निस्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिएका थिए । यस्तै इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक […]