बिमस्टेक शिखर सम्मेलन : सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर, सगरमाथा संबादलाई  निम्तो

काठमाडौं । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ । जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यो पहिलो हस्ताक्षर समारोह हो, जहाँ नेपालका पराराष्ट्र मन्त्री आरजु राणाले हस्ताक्षर गरेकी छिन् । उनले नेपालको तर्फवाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको […]

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौ । आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०२३/२४ को दर ३.९ प्रतिशतको तुलनामा बढी हो । यद्यपि सन् २०२४ को अन्त्यतिर ठूला प्राकृतिक विपत्तिहरू घटेका थिए । विश्व बैंकद्वारा आज सार्वजनिक नेपाल विकास प्रतिवेदन : ‘आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको […]

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको घाम ऊर्जा सेवामा रणनीतिक लगानी

काठमाडौं । ग्लोबल इक्विटी फन्ड द्वारा व्यवस्थित स्थायी पूँजी कोष, नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले नेपालमा सौर्य ऊर्जा समाधानको अग्रणी प्रदायक कम्पनी घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवामा रणनीतिक लगानी गरेको छ । यो लगानीले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रलाई अगाडि बढाउने र दिगो पूर्वाधार विकासलाई प्रवर्द्धन गर्ने ग्लोबल इक्विटी फन्डको प्रतिबद्धतालाई जोड दिन्छ । […]

आगामी आवमा प्रदेश सरकारलाई संघीय सरकारबाट करिब ७८ अर्ब अनुदान

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारहरूलाई करिब ७८ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार राजस्व बाँडफाँट प्रणालीमार्फत प्रदेशहरूलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने योजना रहेको छ। राजस्व बाँडफाँटमा सबैभन्दा धेरै बजेट कोशी प्रदेशलाई प्रदान गरिने अनुमान गरिएको छ। कोशी प्रदेशले १२ अर्ब ३९ […]

नेपालको कृषि समृद्धि लागि जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयको सहकार्य

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ । जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो । अप्रिल २ मा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे । यो साझेदारी नेपाली […]

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितीमा बैंककमा भएको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरेका हुन् […]

पर्यटकीय हब बन्दै मुस्ताङ र मार्फागाउँ

मुस्ताङ । मुस्ताङ भन्ने वित्तिकै मुक्तीनाथ, कागबेनी, मार्फागाउ त्यहाँ स्याउको बगान। पुराना प्राचीन घरहरू। गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन बढी शाखा गल्लीगल्ली। त्यही जैविक तथा सांस्कृतिक विविधताले भरिएको छ मुस्ताङ। यही पृष्ठभूमि मार्फालाई समेट्दै त्यही गाउँ जन्मिएकी एक सर्जक स्वर्गाीय बसन्ती लालचनले तीन दशक अघि ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ […]

महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर […]

भाटभटेनीमा लुटपाटको घटनामा बहादुरीपूर्वक प्रतिकार गर्ने सुरक्षाकर्मीहरू सम्मानित

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गते राजावादी समूहद्वारा गरिएको तोडफोड तथा लुटपाटको घटनामा बहादुरीपूर्वक प्रतिकार गर्ने सुरक्षाकर्मीहरूलाई सम्मानित गरेको छ। एक विशेष कार्यक्रमका बीच सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार तथा पाँच ग्रेड बढुवा प्रदान गरिएको छ। अन्य तीन सुरक्षाकर्मी—सूर्य गिरी, दीपेश खड्का, र सोमबहादुर भुजेललाई जनही २५ हजार १ रुपैयाँ […]

‘वैकल्पिक विकास वित्त परिचालन’ ऐन जारी गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालन ऐन’ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। ऐनको प्रारम्भिक मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्। उक्त अधिकारीका अनुसार, अर्थ मन्त्रालयले प्रारम्भिक मस्यौदा पेश गरिसकेको छ । जसमा विभिन्न चरणका छलफलहरू भइरहेको छ। मुलुकको समग्र विकासका लागि आवश्यक देखिएमा मन्त्रिपरिषद्ले […]