यातायात मन्त्रालयका अधिकृत पाडेलविरुद्ध छ करोड २६ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार रुपैयाँको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गरेको […]

चेम्बरद्धारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बु“दे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन् । बजेट र मौद्रिक नीतिको प्रभावकारी […]

४ खर्बले वृद्धि हुँदा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुग्यो

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार एक वर्षको अवधिमा ४ खर्ब रुपैयाँले वृद्धि भई ६१ खर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ रहेको अर्थतन्त्रमा यो उल्लेख्य सुधार हो।   मन्त्रालयको तथ्याङ्कअनुसार विभिन्न प्रमुख आर्थिक सूचकहरूमा सुधार देखिएको छ: राजस्व संकलन: एक वर्षमा १ खर्ब ८ अर्ब रुपैयाँले […]

निर्माण व्यवसायीको ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी

काठमाडौं । अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गरेको जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको हो । यो सँगै निर्माण क्षेत्रको भुक्तानी समस्या समाधान भएको मन्त्रालयका उच्च अधिारीहरुले बताएका छन् । मन्त्रालयका अधिकारीहरुले चालु आर्थिक वर्षमा निजी क्षेत्रलाई पूर्ण महत्व दिएको बताएका छन् । उनीहरुले चालु […]

सरकारी खर्च गर्न पाइने अन्तिम दिन ३८ अर्ब ७१ करोड भुक्तानी

काठमाडौं । सरकारी खर्च गर्न पाइने अन्तिम दिन असार २५ गते सरकारले ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ ।महालेखा नियन्त्रकको कार्यालयअनुसार पुँजीगततर्फ २१ अर्ब ७३ लाख, चालुतर्फ १४ अर्ब ९३ करोड र वित्तीय व्यवस्थातर्फ एक अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक […]

रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर

काठमाडौं । नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण वर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षास“गै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनस“ग हुने व्यापारको मुख्य नाका बन्द हु“दा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख […]

तारे होटलमा सिस्नुको माग बढ्यो, किसानले थाले व्यवसायिक खेती

काठमाडाैं। संघीय राजधानीमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि तेह्रथुमका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन्। लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो। वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ। सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले […]

आज सरकारी खर्च भुक्तानीको अन्तिम दिन, आजबाट चेक काट्न बन्द

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सरकारी निकायलाई मनाही गरेका कारण आज बुधबार सरकारी खर्च भुक्तानीको अन्तिम दिन रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन हुँदा अत्यावश्यकबाहेकका खर्चको भुक्तानी बुधबार सम्म दिइसक्नुपर्ने महालेखाले जनाएको छ। महालेखा कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणका अनुसार सरकारले मंगलबारसम्म ७८.८४ […]

सुधारोन्मुख अर्थतन्त्रलाई गति दिई निजी क्षेत्रको मनोबल बढाउने मौद्रिक नीतिमा महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेको हो । महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय क्षेत्रको जोखिम, र अनौपचारिक क्षेत्रको […]

व्यापार घाटा झन्डै १४ खर्ब

काठमाडौं । चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कुल व्यापार घाटा झन्डै रु. १४ खर्बबराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब ९७ अर्ब २३ करोडबराबर पुगेको छ । कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु. १६ […]