भाटभटेनीमा लुटपाटको घटनामा बहादुरीपूर्वक प्रतिकार गर्ने सुरक्षाकर्मीहरू सम्मानित
काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गते राजावादी समूहद्वारा गरिएको तोडफोड तथा लुटपाटको घटनामा बहादुरीपूर्वक प्रतिकार गर्ने सुरक्षाकर्मीहरूलाई सम्मानित गरेको छ। एक विशेष कार्यक्रमका बीच सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार तथा पाँच ग्रेड बढुवा प्रदान गरिएको छ। अन्य तीन सुरक्षाकर्मी—सूर्य गिरी, दीपेश खड्का, र सोमबहादुर भुजेललाई जनही २५ हजार १ रुपैयाँ […]

