प्रभु साहको प्रश्न : एनसेलसँग प्रधानमन्त्रीको सम्वन्ध के ?
काठमाडौं । आम जनता पार्टी (आजपा) सांसद प्रभु साहले एनसेललाई किस्ताबन्दीमा राजश्व तिर्ने गरी नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले करदाता कार्यालयले तोकेको राजश्व नलिईकन किस्ताबन्दीमा राजश्व लिने गरी नवीकरण गर्ने निर्णयमा आपत्ति जनाएका हुन् । ‘यो अर्बौ राजश्व हिनामिना हुने गरी सरकारले के […]

