झण्डै १०० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा करिब शतप्रतिशले बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ११ करोड १३ लाख रुपैयाँले बढेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० […]

हिमालय एयरलाइन्सले कुवेतमा पुनः उडान गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनः सञ्चालन गर्न लागेको हो । यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बिचमा प्राविधिक कारण देखाई स्थगन […]

अप्पर तामाकोशीको आम्दानी ६४ करोडले बढ्दा नाफा १ अर्बले घट्यो

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको आम्दानी बढ्दा नाफा भने घटेको छ । कम्पनीले आर्थिक वर्ष २०८०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो कुरा बताएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०८१ मा कम्पनीको आम्दानी ६४ करोड २८ लाख ४० हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको आम्दानी ८ […]

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी

काठमाडौं । नवलपरासीको गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन उनले सुरु गरेका हुन् । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए । पछिल्लो दुई महिनामा तीन लाख […]

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।

कन्टेनर रोटेसन नहुँदा भन्सार यार्ड भरिभराउ, व्यवस्थापनमा चुनौती

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या […]

मिथिला लघुवित्तको नाफा पौने ५ करोड पुग्यो

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा पौने ५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ६०.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ९५ […]

विद्युत प्राधिकरण सँगै विवाद गर्दै उद्योगी, सुटुक्क महशुल बुझाउने पनि उद्योगी

काठमाडौं ।डेडिकेटेड फिडर र ट्रंक लाइन महशुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहँदा विद्युत महशुल भने तिरेको पाइएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइन महशुलसम्बन्धी विवाद चलिरहेका बेला न्यू नारायन रबर इण्डष्ट्रिज बुटवलले किस्ता सुविधामा बाँकी बक्यौता तिरेको छ । कम्पनीले गत महिना देखि १८ किस्तामा तिर्ने गरि किस्ता सुविधा पाएको थियो […]

पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन्। शुक्रबार प्राधिकरणमा दोस्रो कार्यकालको तीन वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन्। आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा उनी प्राधिकरणको नेतृत्वमा आउँदा मुलुकको विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ‘तीन […]

अर्थमन्त्री पौडेलद्वारा प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा-छुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिनु भएको हो । यसैगरी राम्रो प्रतिफल […]