सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा इन्धनको मूल्यमा छुट दिने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले […]

अर्थतन्त्रलाई चलायमान बनाउन काँग्रेस–एमाले गठबन्धन सरकार: गृहमन्त्री रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक […]

निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने सांसदको  प्रतिवद्धता

काठमाडौं । निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने दुवै संसदका सदस्यले  प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आयोजित कार्यक्रममा सहभागी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा दुवै सदनका सांसद गरी १०० भन्दा बढी सहभाघि थिए । कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री […]

विदेश पढ्ने विद्यार्थीले लगे १ खर्ब २५ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुले मुलुकबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेश लगेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ […]

४६.६ प्रतिशतले बढ्यो चीनतर्फको निर्यात व्यापार

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापारको क्रममा चीनतर्फको निर्यात व्यापार बढेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । प्रतिवेदन अुनरुप आर्थिक वर्ष २०८०÷८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ […]

मूल्यवृद्धि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा मूल्ययवृद्धि घटेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थको मूल्य घटेको हो । प्रतिवेदन अनुरुप २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको […]

सरकारी वित्त पौन ४ खर्बले घाटामा

काठमाडौं । राष्ट्र बैंकका अनुसार बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त गत आर्थिक वपर्षमा करिब पौन ४ खर्ब रुपैयाँले घाटामा रहेको छ । आइतबार राष्ट्र बैंकले गत आर्थिक वर्षको मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति ३ खर्ब […]

शोधान्तर बचत पाँच खर्ब नाघ्यो, चालु खाता बचत सवा २ खर्ब

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा शोधान्तर बचत पाँच खर्ब रुपैयाँ नाघेको छ। शोधान्तर बचत पाँच खर्बभन्दा बढी हुँदा चालु खाता बचत पनि सवा २ खर्ब कटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा […]

गत आवमा १४ खर्ब ४५ अर्बको रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपालमा रेमिट्यान्सको आप्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई१४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले […]

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

काठमाडौं ।  पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरूले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए […]