अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतका सहसचिवहरुको जिम्मेवारी हेरफेर हुनुका साथै सरुवा भइ आएकाहरुको जिम्मेवारी तोकिएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवरी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई […]

आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य नजिक पुग्न सकेन राजस्व संकलन र खर्च

काठमाडौं । राजस्व संकलन र खर्चमा परम्परागत प्रणाली नअपनाउने बताउदै आए पनि सोहि प्रणाली कार्यान्वयनमा हुदाँ सरकार आर्थिक वर्षको पहिलो महिनामा नै राजस्व संकलन र खर्चमा चुकेको छ । सरकारले चालु आर्थिक वर्षको लागि राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राखेको छ । जसअनुरुप सरकारले आफनो लक्ष्य पूरा गर्नका […]

सरकारले गठन गर्ने उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले गर्यो स्वागत

काठमाडौं । सरकारले गठन गर्ने भनेको उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले स्वागत गरेको छ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रमअन्तर्गत उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरि सार्वजनिक गरेको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण […]

अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु […]

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ । […]

भैरहवा र पोखरा विमानस्थलबाट वैदेशिक रोजगारीमा पठाउने श्रममन्त्री भण्डारीको तयारी

काठमाडौं । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको छ। सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधिसँगको बैठकमा श्रममन्त्री शरतसिंह भण्डारीले उक्त निर्देशन दिएका हुन्। निर्देशनपछि बैठकको निर्णय अनुसार मन्त्रालयले कार्यान्वयन प्रक्रिया अघि बढाउन थालेको जनाएको छ। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज […]

झण्डै १०० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा करिब शतप्रतिशले बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ११ करोड १३ लाख रुपैयाँले बढेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० […]

हिमालय एयरलाइन्सले कुवेतमा पुनः उडान गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनः सञ्चालन गर्न लागेको हो । यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बिचमा प्राविधिक कारण देखाई स्थगन […]

अप्पर तामाकोशीको आम्दानी ६४ करोडले बढ्दा नाफा १ अर्बले घट्यो

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको आम्दानी बढ्दा नाफा भने घटेको छ । कम्पनीले आर्थिक वर्ष २०८०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो कुरा बताएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०८१ मा कम्पनीको आम्दानी ६४ करोड २८ लाख ४० हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको आम्दानी ८ […]

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी

काठमाडौं । नवलपरासीको गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन उनले सुरु गरेका हुन् । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए । पछिल्लो दुई महिनामा तीन लाख […]