पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन आगामी लेखा समिति बैठकमा छलफल गरिने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन आगामी सार्वजनिक लेखा समिति बैठकमा छलफलका लागि प्रस्तुत गरिने भएको छ। आइतबार बसेको लेखा समितिको बैठकले राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको अध्ययन उपसमितिको प्रतिवेदन सबै समिति सदस्यलाई वितरण गरेको छ। प्रतिवेदनको अध्ययनपछि आगामी बैठकमा यसको विस्तृत छलफल गरिनेछ। यसैबीच, भैरहवा विमानस्थलसम्बन्धी अध्ययन उपसमितिमा नेतृत्व परिवर्तन हुने भएको छ। संयोजक […]

