एमसीसी उपाध्यक्ष ब्रुक्सले भने- हालसम्म एमसीसी परियोजनाको काम सन्तोषजनक

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट […]

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक: उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए […]

उद्योगमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्छः सीएनआई अध्यक्ष राजेशकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कुरा उल्लेख गरेको बताउँदै उनले निजी क्षेत्रको मनोवल बढाउने, पर्यटन उद्यमशिलता बढाउनेलगायतका […]

व्यवसायीको मनोबल गिराएर राजस्व उकालो लाग्दैन: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर राजस्व संकलन उकालो नलाग्ने बताएका छन् । पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य ठुलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेकाले यसले सरकारीलाई नै घाटा हुने उनले बताए । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा यस्तो […]

करिब ८ करोड भत्ता बुझेका सांसदहरु कानुन निर्माणमा असफल

काठमाडौं । मुलुकलाई आवश्यक कानुन बनाउन असफल रहेका संसदले बैठक भत्ता वापत करिब ८ करोड रुपैयाँ खर्च गरेको छ । सांसद अर्थात् विद्यायकहरुले आर्थिक वर्ष २०७९/८० मा बैठक भत्तावापत ७ करोड ५६ लाख रुपैयाँ लिएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको लागि उक्त रकम बैठक भत्ता वापत खर्च गरिएको महालेखा परिक्षकको कार्यालयले जानकारी […]

समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता ः युवराज खतिवडा, पूर्व अर्थमन्त्री

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले हरेक बर्षका बजेटमा समस्यापछि मात्रै समाधानको बाटनो खोजिने गरेको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बजेटमार्फत पुनः एकपटक मुर्ख बनाईएको बताए । ‘बजेटले भनेका कुरा सबै ठिक छन् भन्ने होईन, हाल पनि माईतिघरमा केहि व्यवसायीहरु आन्दोलित हुनुहुन्छ,’ उनले भने, ‘आगो लागेपछि […]

घाटाका बजेटहरु बढ्दै जानु खतरा हो ः सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री

काठमाडौं ।  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको बताएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटीले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको बताए । यस्तै अवस्था असार मसान्तसम्म नगद घाटा पनि हुनसक्ने उनको आँकलन छ […]

बजेटको आकार बढाउनकै लागि आन्तरिक ऋणको सीमा ९० अर्ब बढाईयो -प्रकाशशरण महत, पूर्व अर्थमन्त्री

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९० अर्ब रुपैयाँ थप आन्तरिक उठाउन खोजिएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट अ होलिस्टीक डिस्कोर्स कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरुबाट सरकारले ९० अर्ब लिईसकेपछि निजी क्षेत्रमा जाने पैसा सरकारको खातामा जाने […]

अर्थमन्त्रीले सहज बाटो नरोजेर चुनौतीपूर्ण बाटो रोजेः विष्णु पौडेल

काठमाडौं । प्रमुख सत्तारुढ घटक एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुन अनन्तले आफू मुलुकका लागि अप्ठेराहरुका बीचमा काम गर्न सक्छु भन्ने आँट र अठोट गरेर आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएको बताएका छन् । आइतबारबाट सुरु भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधिसभामा बोल्दै पौडेलले मन्त्री पुनले आफूले आफैंमाथि चुनौती खडा गरेको र […]

सूचना प्रविधि अबको भविष्यः अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् प्रा.डा अच्युत वाग्लेले अबको भविष्य सूचना प्रविधि भएको बताएका छन्। इकोनोमिक मिडिया सोसाइट नेपाल (इम्सन)ले आज आयोजना गरेको पोस्ट–बजेट छलफल कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन्। सूचना प्रविधि क्षेत्रमा ३० खर्ब निर्यात गर्ने बजेटमा लक्ष्य लिइएको छ। ‘सूचना प्रविधि क्षेत्रमा कम्तीमा निर्यातको लक्ष्य राखिएको छ। किनकि सूचना प्रविधि […]