राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए । मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । […]

कैलाली भन्सारबाट नौ महिनामा पाँच अर्ब राजस्व संकलन

अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु. पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले चालू आव ०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो। कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु. दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु. दुई अर्ब ३३ करोड एक लाख, […]

संसद बस्न नसक्दा लगानी सम्मेलनका लागि अध्यादेशबाट ऐन संशोधन गर्दै

काठमाडौं । लगानी सममेलनको एक साता अगाडि सरकारले लगानी सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छिन् ।लगानी सम्मेलन अगाडि निजी क्षेत्रले सरकारलाई दर्जन कानुन सशोधन गर्न आग्रह गर्दै आएको […]

अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवका रुपमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले डा. कृष्णिहरि पुष्करलाई हटाएर अर्थ सविचवमा मरासिनीलाई ल्याउन लागिएको हो । हाल अर्थसचिव रहेका  पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार […]

१६औँ योजनाका लागि गठबन्धन सम्बध्ध दलसँग आयोगको छलफल

काठमाडौं । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो । सत्ता साझेदार दलको बीचमा सो अन्तर्क्रिया कार्यक्रममा आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले  १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराएका थिए भने आयोगका […]

अर्थतन्त्रलाई नियन्त्रणमुखी नीति तथा कार्यक्रमले विकास हुन दिएन : अध्यक्ष ढकाल

काठमाडौं  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन्। महासंघको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए। पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको […]

 लगानि सम्मेलनको लागि अध्यादेध ल्याएर पनि कानुन बनाउँछौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण […]

मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ आउँदै

काठमाडौं ।  युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले बताएको छ  । लागत  अनुमान ९ सय करोड रुपैयाँ रहेको  योआयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत लगानी गरेको छ   भने सिटिजन्स बैंक इन्टरनेसनलको अुगुवाईमा  अरु ऋण लगानी रहेको छ […]

एफएनसिसिआइले अर्थतन्त्र पुनर्उत्थानको लागि आब्हान गर्ने

काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थाना गर्नका लागि राजनीतिक सहयोगको आह्वान गर्ने भएको छ। महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको छ। २०८० चैत २८ मा महासंघले वार्षिक साधारणसभा चैत २८ गर्दैछ । सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई निमन्त्राणा गरिएको महासंघले जनाएको छ। सभामा मुख्य वक्ताका रुपमा भारत […]

एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने अन्तिम सम्झौता

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेड  र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम् लिमिटेड (नेप्स)  एक आपसमा गाभिने भएका छन्  । दुई कम्पनीलाई प्राप्ती गर्न संयुक्त मर्जर प्राप्ति समितिको बैठकले एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठले मर्जरको अन्तिम सम्झौता पत्र आदानप्रदान  गरेर एक आपसमा गाभिने अन्तिम सम्झौता गरेका हुन् । अब एक […]