यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ […]

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ । थाइल्याण्डले इरान सँग हर्मुज जलडमरूमध्य हुँदै आफ्ना तेल ट्याङ्करहरू सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ, जसले इन्धन आपूर्ति अवरुद्ध हुने चिन्ता केही हदसम्म कम गरेको छ । तर, यही जलमार्गमा इरानले केही जहाजहरू फिर्ता पठाएको बताएको छ, विशेष गरी अमेरिक–इजरायललाई […]

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानसँग १ अर्ब २० करोड अमेरिकी डलर बराबरको नयाँ सहायता प्याकेज खुलाउने विषयमा कर्मचारी–स्तरको सहमति गरेको घोषणा गरेको छ । दक्षिण एशियाली राष्ट्र पाकिस्तान अर्जेन्टिना र युक्रेनपछि आईएमएफको सबैभन्दा ठूलो ऋणीमध्ये एक हो । आईएमएफले एक विज्ञप्तिमा पाकिस्तान सरकारको ‘हालै प्राप्त व्यापक आर्थिक तथा वित्तीय स्थिरतालाई जोगाउन […]

कुन विदेशी मुद्राको कारोबार कतिमा हुँदैछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरलगायत अधिकांश विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ […]

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले : घुस खाने वा खुवाउने समय अब सकियो

काठमाडौं । पदभार ग्रहण गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय मातहतका निकायका कर्मचारीहरूसँग निर्देशनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा अर्थ सचिवले मन्त्रीलाई स्वागत गर्दै उनको नेतृत्वमा मन्त्रालयका कर्मचारीहरू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन । स्वागत मन्तव्य दिँदै अर्थ सचिवले भने, “विद्वान मन्त्रीको योजनामा हामी हरतरहले सहयोग गर्छौं।” कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. […]

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर […]

वीरगञ्ज भन्सारद्वारा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको […]

अमेरिकी डलरको मुल्य बढ्यो, अन्य देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ […]

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक मुद्रास्फीति दर घटेर ३.७ प्रतिशतमा पुगेको छ । यसअघि लगातार दुई महिना ३.८ प्रतिशतमा स्थिर रहेको मुद्रास्फीति यसपटक केही घट्नु अर्थशास्त्रीहरूको अपेक्षाविपरीतको नतिजा हो, किनकि उनिहरूले यो दर यथावत् रहने अनुमान गरेका थिए । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकाङ्क […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको […]