नेपाल र बंगलादेेशको बीचमा भएको बिधुत व्यापार सम्झौताको इप्पानले गर्यो स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते ४० मेगावाट बिधुत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  स्वागत गर्दै, सम्झौतालाई ऐतिहासिक सम्झौता भएको बताएको छ   । सन् १९७१ देखि नेपाल र भारतबीच विधुत  आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै […]

गाउँबाट रित्तो फर्किनु पर्ने भएकाले प्लेन भाडा महँगिएको हो: पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री पाण्डेले सडक सञ्जाल […]

बाढि पिडितलाई नेपाल चामल तेल दाल उधोग संघको सहयोग

काठमाडौं । नेपाल चामल तेल दाल उधोग संघ ले बाढि पिडितलाई खाध्यान्न सहयोग गरेको छ । संघले गत असोज ११ देखि देश ब्यापी रुमा भएको अबिरल वर्षाको कारण बाढी पहिरो र डुबानमा परेका नागरिकलाई उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा खाध्यन्न सामाग्री हस्तान्तरण गरेको हो । नेपाल चामल तेल दाल उधोग संघले पिडित […]

पश्चिमाञ्चल विकास मञ्चद्वारा चन्द्र ढकाल सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको मञ्चले जनाएको छ  । अध्यक्ष ढकाल सो मञ्चका […]

लाभांस दर घटाउँदै पुन: बोलायो अपि पावरले साधारणसभा

काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०८०\८१का लागि प्रस्ताव गरेको  लाभांश घटाएको छ। खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका बिधुत नियमन आयोगमा पठाएको थियो । कम्पनीको प्रस्तावित रकम आयोगले वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो। आयोगबाट प्रस्तावित रकम […]

आजका लागि विदेशी मुद्राको विनिमय दर कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको […]

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ १ अर्ब ६० करोड रुपैयाँ

काठमाडौं । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु १ अर्ब ६० करोड प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ […]

खाद्यको अनुगमनमा डेरी र थकालीमा अखाद्य पदार्थ भेटियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ। विभागले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग […]

उपभोक्ताको गुनासो: ‘महँगो दशैँ,हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’

काठमाडौं । दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैँ नलागेको बताइरहेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी […]

सरकारले चीनमा भैँसीको मासु निर्यात गर्ने

काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए । मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको […]