सहकारी संस्थाको नियमन गर्न राष्ट्र बैङ्कबाट निर्देशिकाको मस्यौदा तयार, ५० प्रतिशत कृषि,उद्योग र व्यवसाय लगानी गर्नु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले  बचत तथा ऋण सहकारीलाई नियमन गर्ने भएको छ।  लागि राष्ट्र बैंकले ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमनको लागि निर्देशिकाको मस्यौदा  जारी गर्दै निर्देशिका मापदण्ड’ को मस्यौदा माथि सुझाव माग गरेको छ  । प्रस्तावित  निर्दैशिकाको मस्यौदा माथि  २०८१ माघ मसान्तसम्म सुझाव दिन आग्रह गरेको छ ।  प्रस्थावित मस्यौदामा  बचत […]

बहुवर्षीय ठेक्कालाई रकमान्तर गरी भुक्तानी दिन सक्ने

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना तथा अन्य बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनालाई रकमान्तर गरी भुक्तानी गर्न सक्ने बताएको छ । मन्त्रालयले नीतिगत सहजताका लागि भन्दै राष्ट्रिय गौरवका आयोजना तथा अन्य बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनालाई रकमान्तर गरी भुक्तानी गर्न सकिने बताइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त आयोजनाहरु अघि बढाउन नीतिगत […]

फेस टु फेस बैठकका आधारमा सम्पत्ति शुद्धीकरणमा नेपालको ‘ग्रे लिस्ट’ को भाग्य निर्धारण हुने

निर्दोष घोरसाइने काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले पुस १७ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा ‘सम्पत्ति शुद्धीकरण’ को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन जरूरी रहेको बताएका थिए । पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, […]

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब बढी अनुदान वितरण, प्रत्यक्ष २० अर्ब हुदाँ अप्रत्यक्ष ८७ अर्ब वितरण

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान रकम कृषकलाई वितरण गरेको छ । कृषि मन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदानस्वरुप उक्त रकम लगेको बताए । उनले अनुदान लैजोनमा कृषि सहकारी, […]

प्रधानमन्त्री उद्धार कोषमा ३ महिनामा ३४ करोड ६८ लाख संकलन, कुल संकलन रकम १ अर्ब ९१ करोड

काठमाडौं ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३ महिनामा ३४ करोड ६८ लाख २७ हजार दाखिला भएको छ । यो सँगै कोषको कुल रकम १ अर्ब ९१ करोड ६७ लाख २५ हजार पुगेको छ । मंसिर अन्तिम सातासम्म संकलित रकम सँगै उक्त मात्रामा रकम पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोषमा […]

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो साधारण सभा सम्पन्न, ध्रुब तिमल्सिनाको अध्यक्षतामा नेतृत्व चयन

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनले तेस्रो साधारण सभा सम्पन्न गरको छ । सभाले ध्रुब तिमल्सिनाको नेतृत्वमा आगामी कार्यकालको लागि नेतृत्व चयन गरेको छ । नवनियुक्त अध्यक्ष तिमल्सिनाले अवसर इक्विटी लिमिटेडबाट नेतृत्व  गरेका हुन् । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको  नव निर्वाचित  नयाँ कार्यसमितिमा डा. मनिष थापा (ग्लोबल इक्विटी फण्ड) निर्देशक , निधान श्रेष्ठ (ट्रू नर्थ […]

मधेश प्रदेशको आर्थिक वृद्धिदर ३.७८ प्रतिशत हुने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज जारी गरेको प्रादेशिक आर्थिक गतिबिधि अध्ययन प्रतिबेदन अनुसार  आर्थिक वर्ष २०८०-०८१ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर ३.७८ प्रतिशत रहने अनुमान  रहेको छ   ।  राष्ट्र बैङ्कको प्रतिवेदन अनुसार मधेश  प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु.७ खर्ब ४८ अर्ब पुग्नेअनुमान गरिएको छ  । समीक्षा अवधिमा मधेश  प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा […]

पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा देखिएको […]

म्याग्दीका सडक योजनामा बजेट अभाव

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच ठेक्का सम्झौता भएको […]

तीनै तहका सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ३१ अर्ब बढी

काठमाडौं । तीन तह (संघीय, प्रदेश र स्थानीय सरकार)को आम्दानीभन्दा खर्च बढी देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा तीनै तहका सरकारले प्राप्तिभन्दा १ खर्ब ३१ अर्ब २ करोड ९६ लाख रुपैयाँ बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको संघ, प्रदेश र स्थानीय तहको एकीकृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष ०८०/८१ मा तीनै […]