चितवनमा १५ औं संस्करण चितवन महोत्सव २०८१ आयोजना हुने
काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा २०८१ पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सव–२०८१ आयोजना हुने भएको छ । १५ औं संस्करणका रुपमा आयोजना गर्न लागिएको यस वर्षको महोत्सवमा अन्तरराष्ट्रिय व्यवसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा चीनका उद्योग वाणिज्य संघहरुको समन्वयमा चीनका विभिन्न […]

