हेटौँडामा चार महिनामा साढे नौ करोडको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

काठमाडौं । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्म चार महिनामा रु नौ करोड ५२ लाख बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ४० लाखले बढी हो। कार्यालय प्रमुख राजीव खनालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु […]

चार महिनामा ३६ हजार बीमा त्याग

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को ४ महिनामा ३५ हजार ९८५ जना बीमितले बीमा त्याग गरेका छन् । चालु आवको कार्तिक मसान्तसम्म ३५ हजार ९८५ जना बीमितले ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बढीको बीमा त्याग गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । नेपाम बीमा प्राधिकरणका अनुसार बीमा त्यागबाट सबैभन्दा धेरै रकम लाइफ […]

‘ठमेलमा पर्यटक बढे, व्यापार बढेन’

काठमाडौँ । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज/मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए […]

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, […]

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

पर्सा । मुलुकका अन्य भन्सारका तुलनामा पर्सास्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् । […]

नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

काठमाडौं । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार […]

बिआरआईबाट नेपालले लाभ लिनेछ: प्रधानमन्त्री

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । चीनको पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे […]

सामाजिक सुरक्षा कोष : १८ लाख बढी योगदानकर्ता सूचीकृत, ६९ अर्ब योगदान रकम संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकममा वृद्धि भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि योगदान रकममा पनि वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ । आइतबारसम्म कोषको खातामा योगदान रकमवापत् ६९ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ […]

सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राख्यो

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। मंसिर १७ गतेको निर्णयअनुसार, २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद प्रक्रियाबाट बाहिर गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ र त्यससँग सम्बन्धित नियमावली उल्लंघन गर्ने, समयमै काम नगर्ने, सम्झौताको मापदण्ड पालना नगर्ने तथा अन्य […]

पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण

काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्षअघि महाँकाल वाटर सर्भिसबीच सम्झौतासमेत गरेको थियो । मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको […]