एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन

बोआओ। एशियाली व्यापार एकीकरणका आधारहरू निरन्तर बलियो हुँदै गएको ‘बोआओ फोरम फर एसिया’ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार, सन् २०२३ मा ५६.३ प्रतिशत रहेको क्षेत्रीय आन्तरिक व्यापारमा निर्भरता २०२४ मा ५७.२ प्रतिशत पुगेको छ । यसले क्षेत्रका प्रमुख अर्थतन्त्रहरू आपसी व्यापार सम्बन्धमा अझ बढी केन्द्रित हुँदै देखाउँछ । विशेष गरी, एशिया–प्रशान्त […]

‘बजेट क्यालेन्डर’ अनुसार चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने

काठमाडौं । सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन भइनसकेको अवस्थामा बजेट क्यालेन्डरअनुसार भने चैत १५ भित्र सबै मन्त्रालयले आगामी आवको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा […]

पेट्रोलियम पदार्थ अभाव भए सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने

काठमाडौं । मध्यपूर्वमा भएको द्धन्द्धका कारण पेट्रोलियम पदार्थ अभाव भएमा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार इरान र अमेरिका–इजरायलका कारण पेट्रोलियम पदार्थको अभाव भएमा सवारी साधनमा जोर बिजारे प्रणाली लागु गर्ने तयारी गरिएको हो । द्धन्द्धका कारण प्लाष्टिकजन्य उद्योग समस्यमा परेको समयमा मन्त्रालयको उक्त धारणा […]

इयु–अस्ट्रेलिया व्यापार सहमति

मेलबर्न। विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो संरक्षणवादबीच युरोपेली सङ्घ (इयु) र अस्ट्रेलियाले बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः सहमति जनाएका छन् । दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किंदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र […]

डलर, पाउण्ड र स्वीस फ्रयाङ्कको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य बढेको हो । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो […]

बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं ।  बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२\८३ को साउनदेखि फागुन सम्ममा […]

मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत

सिंगापुर। सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ, जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो। सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार यस वृद्धिको प्रमुख कारण सेवा क्षेत्र, खाद्य पदार्थ तथा खुद्रा वस्तुहरूको मूल्यमा आएको वृद्धि हो, जसमा विशेषगरी चिनियाँ नयाँ वर्षसँग सम्बन्धित मौसमी प्रभावले पनि योगदान दिएको बताइएको […]

बाँकेमा ३ करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी पक्राउ गरेर रु तीन करोड ३५ लाख ३४ हजार ४९८ जरिवाना असुल उपर गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले उनीहरूमाथि १२५ वर्ष एक महिना नौ दिन कैद सजाय तोकिएको जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/८३ को असोजदेखि फागुन मसान्तसम्मको […]

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ।  नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट रु १२ अर्ब […]

८ महिनामा १५ लाखभन्दा बढी स्मार्टफोन भित्रिए, राजस्व संकलन साढे ५ अर्ब माथि 

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागनु मसान्तसम्मको अवधिमा कुल १५ लाख २८ हजार ४९५ थान स्मार्टफोन भित्रिएका हुन् । उक्त स्मार्ट फोनको मूल्य २९ अर्ब ९३ करोड ५९ लाख ४६ हजार रुपैयाँ छ । गत वर्षको सोही […]