दुवईबाट फर्किएर च्याउ खेती, वर्षमा १८ लाख आम्दानी
सुनसरी। तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका(९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाखभन्दा बढी बचत गरिरहेका छन्। दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन्। अजित दुबईमा काम गर्दा महिनाको ३५-४० हजार कमाउँथे तर त्यो पैसाले खासै जीवन चलाउन […]

