६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले प्रकाशन गरेको पुस मसान्तसम्मको विवरणअनुसार उक्त नाफा आर्जन गरेको हो । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्य गरी कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो । विद्युत् खरिद, प्रशासनिक, विभिन्न […]

धवलागिरिमा भित्रिए २३८.२३ मेगावाट क्षमताका १३ जलविद्युत आयोजना

काठमाडौं । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकामा २३८.२३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन्। विश्वको सातौँ अग्लो हिमाल धौलागिरिको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको पनि विकास हुने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९०.५ मेगावाट क्षमताको २ वटा आयोजना निर्माण […]

प्रक्रिया पुगेका हाइड्रोलाई आईपीओ अनुमति दिने योजनामा सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) हाइड्रोपावर कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० प्रक्रियालाई अघि बढाउने तयारीमा रहेको छ । सेबोनका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार आवश्यक कागजात पूरा गरेका कम्पनीहरूको आईपीओ अनुमति रोकिएको छैन । तर, केही कम्पनीहरूले आवश्यक कागजात नपुगेका कारण आईपीओ अनुमति नपाएको हुनसक्ने उनले स्पष्ट पारे । हाल सेबोनमा ४२ हाइड्रोपावर कम्पनीहरू आईपीओको स्वीकृतिको […]

पाँचथर पावर कम्पनीको साधारण सभा सम्पन्न, आयोजना पुनः निर्माणको लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षण प्रतिवेदन पेश गर्ने ,लेखापरिक्षको नियुक्ति र हकप्रद शेयर निष्कासन लगायतका निर्णयहरु गरेको छ । सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनगर्ने […]

एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् । ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरु गरेको छ भने […]

४०० केभीको लप्सीफेदी सबस्टेसन निर्माण धमाधम

काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी […]

ईङवा हाईड्रोपावरमा दुई जना सञ्चालक नियुक्त

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडको सञ्चालकमा महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको फागुन ६ गते बसेको सञ्चालनक समितिको बैठकले कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐन २०६३ को दफा […]

अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

म्याग्दी । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे […]

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता भएको छ। सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन सम्झौतामा हस्ताक्षर भएको हो। आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरे। सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको […]

डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था छ : लेखा समिति सभापति

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपीओ रोकिएको विषयमा वादविवाद भन्दा पनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन्। सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए। ‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नु […]