विश्वका प्रमुख सेयर बजारहरुमा एक वर्षमा उल्लेखनीय वृद्धि, स्पेनको मार्केट करिब ५० प्रतिशत बढ्यो

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा विश्वका प्रमुख सेयर बजारहरुमा उल्लेखनीय वृद्धि देखिएको छ । युरोप, एशिया, अमेरिका तथा ल्याटिन अमेरिकाका अधिकांश देशका सेयर बजारहरु दोहोरो अंकले बढेपछि विश्व अर्थतन्त्र क्रमशः स्थिरतातर्फ फर्किंदै गएको संकेत देखिएको छ । ट्रेडिङ इकोनोमिक्सका अनुसार स्पेनको ‘इएस३५’ सूचकांक सबैभन्दा बढी करिब ४९ प्रतिशत ले बढेको छ । त्यसपछि दक्षिण अफ्रिकाको […]

२१ लघुवित्त संस्थाको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २१ वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । संस्थाहरुले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका हुन् । जसमध्ये, छिमेक लघुवित्तले सबैभन्दा धेरै २५ प्रतिशत लाभांश दिने भएको छ । त्यसैगरी, डिप्रोक्स, गुराँस, नेसनल, मिथिला […]

अर्थमन्त्री खनालले बिमा प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्तिमा दिएनन् चासो, नीतिगत देखि दैनिक कामकारबाही प्रभावित

काठमाडौं । अर्थ मन्त्रालयले चासो नदिदाँ नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिले पूर्णता पाउन सकेको छैन । अर्थमन्त्री रामेश्वर खनालले अध्यक्ष र एक सदस्य नियुक्ति गरे पछि बाँकी सदस्यहरु नियुक्त गरेका छैनन् । सञ्चालक समितिले पूर्णता नपाँउदा नीतिगत देखि लिएर दैनिक कामकारबाही समेत प्रभावित बनेको प्राधिकरणका अधिकारीहरुले बताए । हाल प्राधिकरणको बोर्डमा अध्यक्ष र एक सदस्य […]

घाटामा रहेका हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न दिदाँको असर देखिन थाल्यो, हालसम्म १८ कम्पनीले मात्र घोषणा गरे लाभांश

काठमाडौं । घाटामा रहेका र विद्युत उत्पादन सुरु नगरेका  हाइड्रोापवर कम्पनीहरुलाई धमाधम आइपीओ बिक्री गर्न अनुमति दिदाँको असर देखिन थालेको छ । यसको प्रभाव त्यस्ता कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरुलाई परेका देखिन्छ । चालु आर्थिक वर्षको पुस ७ गतेसम्म आइपुग्दा सूचीकृत १८ वटा हाइड्रोपावर कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् । भने ३८ हाइड्रोपावर कम्पनीले […]

क्षमता भएका सबै बैंकले दिए लाभांश, कम्पनीहरुको औसत प्रतिफल दर बढ्यो

काठमाडौं । लाभांश वितरण क्षमता भएका सूचीकृत सबै बैंकहरुले प्रतिफल घोषणा गरेका छन् । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १३ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । बाँकी ६ वटाले भने यसवर्ष सेयरधनीको हात खाली गर्दैछन् । नेपाल बैंक, कुमारी र प्रभु बैंकले लाभांश नदिने घोषणा गरेका छन् । यता, हिमालयन बैंक, […]

सेयर लगानीकर्ताले सरकारलाई बुझाए ४ अर्ब १ करोड पुँजीगत लाभकर, कुन महिना कति ?

काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले ५ महिनामा ४ अर्ब भन्दा धेरै रकम सरकारलाई पुँजीगत लाभकर मार्फत बुझाएका छन् । लगानीकर्ताहरुले चालु आवको मंसिरसम्म ४ अर्ब १ करोड ३१ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । मंसिरमा मात्रै लगानीकर्ताहरुले सरकारलाई ६२ करोड ९८ लाख रुपैयाँ कर बुझाएका छन् । गएको […]

निरन्तर लाभांश दिंदै आएको नेप्सेबाट किन बाहिरिंदैछ सरकार ?

काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा रहेको सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको सबै सेयर हिस्सा बिक्री गरेर बाहिरिने तयारी गरेको हो । यसका लागि प्रक्रिया  पनि थालिएको छ । नेप्से पुनर्संरचनाका लागि गठित सुझाव समितिले यसका लागि कामको थालनी सुरु गरिसकेको छ । नेप्सेका एक अधिकारीका […]

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आइपीओ बिक्री गर्दै, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २०% अर्थात, १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको […]

डीडीए गर्न लागिएको ३ वटा सार्वजनिक संस्थानको परामर्शदाता छनौटमा ढिलाई

काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकन (डीडीए) गर्न तयार गरे पनि परामर्शदाता छनौट गर्न सकेको छैन । मन्त्रालयले गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका लागि परामर्शदाता छनौट गर्न नसकेको हो । मन्त्रालयले जनकपुर चुरोट कारखाना लिमिटेड, बुटवल धागो कारखाना, […]

क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणका लागि बनेको कोषमा १-१ रुपैयाँका दरले सहायता संकलन हुँदै, ७ संस्थाले दिए १ करोड माथि

काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ११ करोड ८७ लाख २ हजार ४३८ रुपैयाँ सहायता प्राप्त भएको छ । ४०३ वटा संस्था/व्यक्तिबाट उक्त रकम बराबरको सहायता प्राप्त भएको भौतिक पूर्वाधार पुनर्निर्माण समितिले जनाएको छ । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा व्यापक आगजनी र […]