फरक-फरक क्षेत्रका कम्पनीले आइपीओ ल्याउन थालेसँगै धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्दै बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन’ गर्ने भएको छ । फरक प्रकृतिका कम्पनीहरुले पनि आइपीओ जारी गर्ने तयारी गरेसँगै बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ संशोधन गर्न लागेको हो । आइपीओ अनुमति माग्दै बोर्डमा आवेदन दिएका र आइपीओ ल्याउने तयारीमा रहेका केही  कम्पनीहरुको व्यापारको प्रकृति नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुको भन्दा […]

धितोपत्र बोर्डमा लाइसेन्सका लागि आवेदन दिएका ३ दर्जन ‘पीइभीसी’ सम्पर्कमा आएनन्, कुन-कुन छन् पाइपलाइनमा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका करिब ३ दर्जन प्राइभेट इक्विटी फण्ड एन्ड भेन्चर क्यापिटल ‘पीइभीसी सम्पर्कमा आएका छैनन् । लाइसेन्सका लागि बोर्डमा अनुमति माग्दै आवेदन दिएका आधा विशेष लगानी कोष प्रबन्धकहरु बोर्डको सम्पर्कमा छैनन् । अर्थात, ती इक्विटी फन्डहरु ‘फर्दर प्रोसेस’का लागि सम्पर्कमा छैनन् । नेपाल धितोपत्र बोर्डका एक अधिकारिले फर्दर प्रोसेसका लागि […]

वाणिज्य बैंकहरुबाट ८३ अर्ब रुपैयाँ भन्दा धेरैको सुनचाँदी कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिना अर्थात, कात्तिकसम्म ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी  कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६७ प्रतिशत अर्थात, २६ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब ५४ करोड ८० लाख […]

बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४६ अर्ब बराबरको सेयरधितो कर्जा प्रवाह, कुन बैंकबाट कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को कात्तिकसम्म बैंक तथा वित्त कम्पनीहरुबाट १ खर्ब ४६ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनमा यो रकम […]

वाणिज्य बैंकले कमाए १९ अर्ब ३७ करोड, १५ वटाको नाफा घट्यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा १९ अर्ब ३७ करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशत कम हो । गत वर्षको कात्तिकसम्म बैंकहरुले २२ अर्ब २९ करोड नाफा कमाएका थिए । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढेको छ । केही ऋणीहरुले कर्जाको सावा ब्याज पनि […]

१ महिनामा ६ कम्पनीले पाए आइपीओ र एफपीओ बिक्रीको अनुमति, २ करोड ७९ लाख कित्ता सेयर निष्कासन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो १ महिनामा ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओ सहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ कम्पनीलाई आइपीओ र एउटालाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो । छोटो समयमा सेबोनले धेरै कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको देखिन्छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनका कारण  बोर्डको दैनिक कामकार्य प्रभावित भएको […]

४ वर्षमा ४ गुणाले बढ्यो बैंकहरुको एनपीएल, विकास बैंक र फाइनान्सको अवस्था पनि उस्तै

काठमाडौं । पछिल्लो ४ वर्षमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा अनुपात (एनपीएल) ४ गुणाले बढेको छ । बैंकहरुसँगै विकास र फाइनान्स कम्पनीहरुको एनपीएल पनि सोही अनुसार बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ४ वर्ष अगाडि अर्थात, २०७८ असोजमा वाणिज्य बैंकहरुको एनपीएल औसत (एग्रिगेट)मा १.२३ प्रतिशत थियो । अहिले असोजसम्म आइपुग्दा उक्त दर बढेर ५.०३ […]

रिलायन्स स्पिनिङ मिल्सले आइपीओबाट करोडौं रकम विद्युत महुसुल तिर्ने दाउमा, यति धेरै दायित्व भएको कम्पनीको कट अफ किन उच्च ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणबाट उठाएको रकमले विद्युत प्राधिकरणलाई तिर्न बाँकी महसुल बुझाउने दाउमा बसेको देखिएको छ । कम्पनीले आइपीओबाट संकलन भएको प्रिमियमको रकमबाट महसुल तिर्ने सम्भावना देखिएको छ । महँगो दरमा सेयर बेच्ने र जनताबाट उठाएको पैसाले आफ्नो दायित्व तिर्न खोजेको भन्दै यसको चौतर्फी आलोचना पनि भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट […]

वाणिज्य बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्तिले सबैभन्दा बढी मारमा ग्लोबल, हिमालयन र एनआईसी

काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ, फलस्वरुप बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढेको छ । बैंक तथा वित्त सांस्थामा गैरबैकिङ सम्पति बढिरहेको छ । राष्ट्र बैंकका अनुसार २०८२\८३ को पहिलो तीन  महिनामा गैर बैंकिङ सम्पत्ति ५१ अर्ब  १२ करोड ५० लाख रुपैयाँ पुगेको छ । अर्थतन्त्र […]

८ विकास बैंकले घोषणा गरे लाभांश, ३ वटा बुक क्लोज हुन अझै बाँकी, कुन कुन हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ वटा विकास बैंकहरुमध्ये ८ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् ।  जसमध्ये, ५ वटा बैंकहरुले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् । बाँकी ३ वटाको साधारण सभा हुन बाँकी छ । शाइन रेसुंगा, मितेरी, गरिमा विकास बैंक, मुक्तिनाथ र कामना सेवा विकास […]