उद्योगमन्त्री भण्डारीका एक वर्षः १९ औद्योगिक पहुँच सडकका लागि २० करोड ७६ लाख रकम निकासा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारदेखि आवश्यक कानुन निर्माण र संशोधन गरिएको सो प्रगति विवरणमा उल्लेख […]

महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु होः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाउनु रहेको बताएका छन् । अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलनको आज यहाँ उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार भएको बताए । उनले भने, “महिला उद्यमशीलताले एउटा […]

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन् । महिला उद्यमी महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उनले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने ,“हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल […]

सरकारसँग ६ बुँदे सहमति पछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि लामो समयदेखि आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू पुनः नियमित रूपमा सञ्चालनमा आउनेछन् । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) […]

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गर्नेलाई सम्मान

इलाम । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो । साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सगालेर फर्किएकी सपना सुवेदीलाई सफल महिला उद्यमीका […]

एमआरपीका समस्यामा प्रधानमन्त्रीको चासोः आर्थिक सल्लाहकार डा. खतिवडा

काठमाडौं । बजारमा विक्री हुने वस्तुको लेबलमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानुनी प्रावधान लागू भएपछि समस्या आयो भन्ने व्यवसायीका गुनासोमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चासो रहेको प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले बताएका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघले एमआरपी लागू भएपछि उत्पन्न कठिनाइबारे सरोकारवालासँग छलफल गर्न काठमाडौंमा आयोजना […]

माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

चितवन । नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो । चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको […]

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी

कर्णाली । श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ । क्त प्रदर्शनीको समापन कार्यक्रममा आइतबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरूलाई प्रोत्साहन हुने बताए । “स्थानीय साधन […]

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ  ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम  बासमती चामल बजारमा ल्याएको हो ।  ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ […]

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं । नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन भएको छ । फरवेस्ट ट्राभल एण्ड टुर्सका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मान बहादुर शाहीको अध्यक्षतामा सोटो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो । ‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारा बोकेको सोटो […]