अब चालु आर्थिक वर्षका कार्यक्रम परिणाममुखी बनाऔँ’ : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालय तथा मातहतका निकायले देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गरेकी छिन्। आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भनिन्, “नयाँ […]

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा

काठमाडौं ।  ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि सुशन महर्जनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको मंगलबार बसेको कार्यसमिति बैठकले आगामी असोज २३ र २४ गते ४७औँ साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेसँगै महर्जनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । उनी संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । यस अगाडि संघमा […]

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह

काठमाडौं । मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो कार्यक्रममा सहभागी तीन दर्जनभन्दा बढी उद्योगीहरूसँगको छलफलमा उनले यस्तो बताएको हो। सरकारले निजी क्षेत्रको फैलावटका लागि सबैखाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सिर्जना र देशमै केही हुन्छ भन्ने वातावरण सिर्जना गर्न उनले आग्रह गरे। सरकारले लगानीको सुरक्षा गर्नेमा ढुक्क रहन […]

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा Industry deep Dive: AI for Nepalese Priority Sectors विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योगी व्यवसायीहरुले एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता (एआई) नेपाली निजी क्षेत्रको […]

ग्यासको अभाव हुन नदिन घरायसी प्रयोजनलाई बढी प्राथमिकता दिइनेः मन्त्री यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी  यादवले ग्यासको अभाव हुन नदिन ब्यबासायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्राथमिकता राखि ग्यासको बिक्री वितरण गर्न निर्देशन दिएकी छिन्  । काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गर्ने बेला उकत निर्देशन निर्देशन दिएकी हुन् । उपभोक्ताहरूले ग्यासको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात […]

उच्च जोखिमका बीच सेयर निष्कासनको अनुमति पर्खिँदै निभिक्स फर्मास्यूटिकल्स

काठमाडौं । सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति लिने प्रक्रियामा रहेको निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट ‘IRN B+ (Is)’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको समयमै वित्तीय दायित्व (साँवा-ब्याज) भुक्तानी गर्ने क्षमतामा उच्च जोखिम रहेको र बाह्य धक्काहरूबाट छिटो प्रभावित हुन सक्ने सङ्केत गर्दछ। कम्पनीले आफ्नो व्यवसाय विस्तार तथा कार्यपुँजीको […]

चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

काठमाडौं । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एक/एक मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । रिजाल […]

फ्रान्सबाट ब्राजिल हुँदै नेपाल आइपुग्यो बुद्ध एयरको नयाँ विमान , कसरी विकसित गरिएको थियो ‘एटीआर’ ७२ ? विस्तृतमा

काठमाडौं । नेपालको अग्रणी निजी विमानसेवा कम्पनी बुद्ध एयरले आफ्नो बेडा मा नयाँ विमान ‘एटीआर’ ७२ ( ATR 72) थपेको छ। ‘9N-AOS’ दर्ता नम्बर पाएको यो विमान फ्रान्सको टुलुज  मा बनेको हो। प्लेनस्पटर्सको को पछिल्लो तथ्याङ्क अनुसार यस विमानको उमेर १४.४ वर्ष रहेको छ। १४ वर्ष परानो भए पिन यस विमानको कुनै पनि ठूला वा […]

एनसेलले सरकारलाई भन्यो : दुरसञ्चार सेवालाई अन्धकार नबनाउ बरु एनसेललाई नेपाली कम्पनी बनाउ

काठमाडौं । नेपालमा दुरसञ्चार सेवा प्रदान गर्दै आएको एनसेलले सरकारलाई नेपाली कम्पनी बनाउन भनेको छ । मन्त्रिपरिषदको निर्णयमा पुनरोलोकन गरेर तथा कानुन संशोधन गरेर एनसेललाई नेपाली कम्पनीमा रुपान्तरण गर्न एनसेलले सरकारलाई भनेको हो । एनसेलले प्रधानमन्त्री तथा मन्त्रिपरषदको कार्यालयलाई पत्र लेख्दै तीन वटा विकल्पहरु अघि सारेको हो । जसको पहिलो विकल्पमा दुरसञ्चार नियमावलीमा भएको दशौं […]

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छः एनसीसी अध्यक्ष अग्रवाल

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् । सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, […]