नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छः एनसीसी अध्यक्ष अग्रवाल

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् । सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, […]

इक्रा नेपालद्वारा होङ्शी शिवम् सिमेन्टको रेटिङ यथावत्

काठमाडौं ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले होङ्शी शिवम् सिमेन्टको  ६ अर्ब बराबरको अल्पकालीन कर्जा सीमाका लागि ‘A2+’ (ए-टु प्लस) रेटिङलाई यथावत् राखेको छ। इक्रा नेपालका अनुसार कम्पनीको बलियो सञ्चालन क्षमता, नगण्य ऋण दायित्व र उच्च ब्याज भुक्तानी क्षमताका कारण यो रेटिङ दिइएको हो। कम्पनीको कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात ०.४१ गुणामा […]

ग्रीन प्लाई नेपालले सर्वसाधारणलाई  प्राथमिक शेयर (आईपीओ)जारी गर्ने

काठमाडौं । ग्रीन प्लाई नेपालले  प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ । नेपालमा प्लाई उत्पादन गरिरेहेको यो कम्पनी सर्वसाधारणलाइ आईपीओ जारीगर्नको लागि गत आर्थिक बर्षमा नै  प्राईभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १६,४०,००० कित्ता शेयर आईपिओ मार्फत सर्वसाधरणलाइ बिक्रि गर्न लागेको  हो । कम्पनीले प्रथमिक शेयर […]

३२ अर्ब ३५ करोड आम्दानी गरेको सूर्य नेपालको वित्तीय अवस्था मजबुत, ‘ए१ प्लस’ रेटिङ पुनः पुष्टि

काठमाडौं । सूर्य नेपाल प्रालिले ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए१ प्लस’ (CARE-NP A1+) रेटिङ पुनः पुष्टि गराएको छ। कम्पनीको बलियो ब्रान्ड, बजारमा एकछत्र उपस्थिति, अनुभवी व्यवस्थापन र मजबुत वित्तीय अवस्थालाई आधार मान्दै केयर रेटिङ नेपालले यो रेटिङ नवीकरण गरेको हो। सूर्य नेपाल प्रालिले आर्थिक वर्ष २०८१/८२ (सन् […]

पूर्वअध्यक्ष चन्द्र ढकालको एआई अन्र्तवार्ता झुट्टो, संलग्नलाई कारबाहीको माग

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता(एआई) निर्मित भिडियाे बनाएर भ्रम फैलाइएकाेप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले झुटा र भ्रामक प्रचारप्रति सजक रहन आग्रह गरेका छन् । उनले लेखेका छन्,‘कृत्रिम बुद्धिमत्ता  (एआई)  को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री […]

उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्न प्रधानमन्त्रीले देखाए चासो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँगको भेटका क्रममा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् । प्रधानमन्त्री निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरूको मागमा पनि सकारात्मक भएका […]

इन्धनको मूल्यवृद्धि र यात्रु घटेपछि बुद्ध एयर इक्रा नेपालको विशेष निगरानीमा

काठमाडौं । निजी क्षेत्रको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरलाई  इक्रा नेपालले वाच विथ डेभलपिङ इम्प्लिकेसन्स रखेको छ । पश्चिम एसियाली द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धि र यात्रु सङ्ख्यामा आएको भारी गिरावटले नाफामा असर पार्ने देखिएकाले कम्पनीलाई निगरानीमा राखिएको इक्रा नेपालले जनाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार बुद्ध एयरको दीर्घकालीन नेपाली रुपैयाँतर्फको […]

आज प्रधानमन्त्री शाह र हस्तकला महासंघका प्रतिनिधिहरुबीच छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने  भएको  छ। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११:३० बजे छलफलको कार्यक्रम हुने छ । छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष […]

विदेशी लगानीका उद्योग तथा व्यवसाय राजस्वको भरपर्दो स्रोत बन्दै , एक वर्षमा ५ अर्ब ५८ करोड राजस्व संकलन

काठमाडौं । नेपालमा विदेशी लगानी बढ्दै गएसँगै त्यस बापत प्राप्त हुने रोयल्टी रकममा उल्लेख्य वृद्धि भएको छ। उद्योग विभागको  तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा मात्रै कुल १५७ वटा उद्योगहरुमार्फत ५ अर्ब ५८ करोड ४८ लाख ६२ हजार ५४ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । जुन  आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८९.२९ प्रतिशत […]

स्वदेशी पोशाक उद्योगको विकासका लागि सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोशाक उद्योग (टेक्सटाइल)को विकास र प्रवर्द्धनमा सरकारले जोड दिइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको विकास र विस्तारका निम्ति सरकार सबै किसिमको सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता […]